संविधान सभामा मतदान सरु हुदै

२०७२ भाद्र २७ गते, आईतवार

काठमाडौ, २७ भदौ । नयाँ स‌ंविधानका निम्ति आज बेलुकादेखि मतदान सुरु हुने भएको छ। आज अपरान्ह बसेको संविधानसभाको बैठकलाई शीर्ष नेताहरुले सम्बोधन गरिसकेपछि अपरान्ह ५ बजेसम्मका लागि बैठक स्थगित भएको छ । संविधान विधेयकमा दफावार छलफल सकिएपछि मतदानको प्रकियामा जान लागिएको हो। सुरुमा संविधानका धारामाथि मतदान भइसकेपछि संविधान विधेयक नै संविधानको रुपमा पारित हुनेछ। संविधानसभालाई सम्बोधन गर्दै शीर्ष नेताहरुले प्रकियामा जानुबाहेक अर्को विकल्प नरहेको बताए। उनले अहिले संविधान जारी नगरे मुलुक झन् संकटमा फस्ने बताउँदै केही गुनासा र असन्तुष्टीलाई पछि पनि वार्ता गरेर सम्बोधन गर्न सकिने बताएका थिए। स‌ंविधानसभाका करिब नब्बे प्रतिशत सभासद् प्रकियाको पक्षमा छन्। सभाको अत्यधिक बहुमत अहिले संविधान जारी गर्नुपर्ने पक्षमा देखिएको छ।
संविधान पारित गर्न चाहिने अन्तरिम संविधानको धारा ७० को प्रावधानअनुसार आवश्यक पर्ने दुईतिहाई बहुमत भनेको ३९८ सभासद् हुन्। तर स‌ंविधानका धाराहरु पारित गर्नका लागि तत्काल कायम (५९८) को दुईतिहाई (करिब चार सय)उपस्थित बैठकको दुईतिहाईले बहुमत भए पुग्ने प्रावधान छ। सबै धारा पारित गरिसकेपछि संविधानको विधेयकलाई अन्तिम अवस्थामा अनुमोदन गर्नका लागि मात्रै दुईतिहाई बहुमत अनिवार्य हुने प्रावधान छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु