सामसुङको ‘ग्यालेक्सी ए ८’ नेपाली बजारमा

२०७२ भाद्र २६ गते, शनिबार

काठमाडौँ । कोरियाली स्मार्टफोन उत्पादक सामसुङले आफ्नो अहिलेसम्मको सवैभन्दा पातलो स्मार्टफोन ‘ग्यालेक्सी ए ८’ सोमबारदेखि नेपाली बजारमा बिक्री सुरु गरेको छ । ५.९ एमएम मोटाइ रहेको यो मोबाइल सामसुङले उत्पादन गरेका स्मार्टफोनमध्ये सवैभन्दा पातलो हो । ५.७ इन्चको एचडी डिस्प्लेयुक्त स्क्रिन रहेको यो मोबाइलमा १६ मेगापिक्सेल क्यामेरा प्रयोग गरिएको छ । ‘स्टाइलिस डिजाइन र पावरफुल क्यामेराका कारण यो सेगमेन्टमा ग्यालेक्सी ए ८ सवैभन्दा उत्कृष्ट फोन हो भन्ने हाम्रो विश्वास छ’ सामसुङ मोबाइलका नेपाल प्रमुख प्रणयरत्न स्थापितले भने– ‘स्टाइल र पावरको यो जति उत्कृष्ट संयोजन अरु हुन सक्दैन् ।’ नेपाली बजारमा ५३ हजार ९ सय रुपैयाँ पर्ने यो फोन स्मार्टफोनका पछिल्ला ट्रेन्ड पछ्याउने युवापुस्तालार्ई लक्षित गरिएको छ ।
यस्ता छन् फिचर एन्ड्रोइड ललिपप ५.१.१ भर्सनबाट चल्ने यो स्मार्टफोनमा १.८ गिगाहर्जको अक्टाकोर प्रोसेर र २ जीवी ¥याम रहेको छ । ३२ जीवी आन्तरिक मेमोरी छ भने माइक्रोएसडीमार्फत थप ३२ जीवी मेमोरी थप्न सकिन्छ । सुपर एमोलेड एचडी प्रविधिमा आधारित ५.७ इन्च स्क्रिन रहेको छ । दुईवटा नानो सिमका लाग्ने यो फोनमा एउटा सिम निकालेर त्यसको सट्टा १२८ जीवीसम्मको माइक्रो एसडी कार्ड प्रयोग गर्न सकिन्छ ।
होम बटनमै फिंगरप्रिन्ट सेन्सरसमेत जडित छ । पछिल्ला डिजाइन ट्रेन्डलार्ई पछ्याएको यो फोनको कभर पूर्ण मेटलले बनेको छ जसले गर्दा प्रयोगकर्ता प्रिमियम फोनको अनूभुति गर्न पाउनेछन् । १६ मेगापिक्सेलको रेयर क्यामेराले तपाई निकै चम्किलो तस्वीर खिच्न सक्नुहुन्छ, जसमा फेस डिटेक्सन अलार्म सुविधा पनि छ । ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरामा बिभिन्न सेल्फी मोडहरु राखिएको छ । पोट्रेट मोडमा यसले १२० डिग्रीको वाइड सेल्फी पनि लिन सकिन्छ अथार्त ग्रुप सेल्फीका लागि यो क्यामेरा उत्तम छ । अल्ट्रा वाइड सट, जीआइफ सुटिङ, अटो सेल्फी मोड, भ्वाइस सेल्फी मोड लगायतका बिशेषता छन् । ३०५० एमएएचको शक्तिशाली ब्याट्रीका कारण तपाईले चार्ज सकिने चिन्ता मान्नुपर्दैन । नेपाली बजारमा यसको मूल्य ५३ हजार ९ सय रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार