विराटनगर तनावग्रस्त

२०७२ भाद्र २३ गते, बुधबार

काठमाडौं, २३ भदौ । विराटनगरको रानी क्षेत्रको प्रहरी चेकपोस्टमा आन्दोलनकारीले आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको छ । यसैक्रममा प्रहरीले केही राउन्ड हवाइफायर गरेको छ । प्रदर्शनकारीले आगजनी गर्दै प्रदर्शन गर्न थालेपछि प्रहरीले केही राउन्ड हवाइ फायर गरेको मोरङका प्रहरी प्रवक्ता डीएसपी प्रमोद ढुंगेलले जानकारी दिए ।
रानीमा रहेको भन्सार चेकपोस्टमा रहेको प्रहरी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका थिए । आगजनीपछि उनीहरुले त्यहाँ रहेका प्रहरी अधिकारीहरुलाई मट्टतिेल छर्केर आक्रमण प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको ढुंगेलले बताए । रानीमा प्रदर्शनकारीले ढुंगा प्रहार गर्नथालेपछि स्थिति तनावग्रस्त बनेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु