प्रधानमन्त्री कोइराला अमेरिका जादै

२०७२ भाद्र २३ गते, बुधबार

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री सुशील कोइराला राष्ट्र संघीय महासभामा भाग लिन असोज ६ गते अमेरिका जाने निश्चित भएको छ । प्रधानमन्त्री कोइराला राष्ट्र संघको ७० औं महासभामा सहभागिताका साथै स्वास्थ्य परीक्षणका लागि समेत न्यूयोर्क जान लागेका हुन ।
उनले असोज १४ गते महासभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उनको भ्रमण दुई साता लामो हुने छ । उनी असोज ६ गते नै जान लागेका हुन ।
प्रमुख तीन दलले संविधानसभाबाट भदौभित्रै संविधान जारी गर्ने प्रक्रिया अघि बढाएको र प्रस्तावित सिमांकनको विरोधमा विभिन्न जिल्लामा आन्दोलन चर्किरहेका बेला प्रधानमन्त्रीको भ्रमण तालिका तय भएको हो । आगामी मन्त्रिपरिषद् बैठकमा उनको भ्रमण कार्यक्रमसम्बन्धी प्रस्ताव हुने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु