अखिल क्रान्तिकारी राष्ट्रिय सम्मेलन असोज १२ देखि

२०७२ भाद्र २३ गते, बुधबार

काठमाडौँ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोजमा चितवनमा हुने भएको छ । ‘प्रतिगामी संविधान र राष्ट्रघात विरुद्ध एकीकृत जनक्रान्तिको अभियान, जनशिक्षा र जुझारु सङ्गठनका लागि २० औं राष्ट्रिय सम्मेलन’ भन्ने नाराकासाथ अखिल क्रान्तिकारीले २० औं राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।
देशैभर राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी अगाडि बढेको उपाध्यक्ष पूर्णबहादुर सिंहले जानकरी दिए । अखिल क्रान्तिकारी सम्मेलनको तयारीका लागि बनाइएका विधान तथा प्रतिवेदन, आर्थिक, प्रचारप्रसार र व्यवास्थापन समितिले काम तिब्र रुपमा गरिरहेको सिंहले बताए ।
“असोज १२ र १३ गते हाम्रो संगठनको २० औं राष्ट्रिय सम्मेलन हुन गइरहेको छ । हामीले बनाएको सबै समितिले तयारीका काम गरिरहेका छन् । सबै तयारी अन्तिम चरणमा पुगेको छ,” उपाध्यक्ष सिंहले अगाडि भने, “संगठनको नयाँसांगाठानिक संचरना र विद्यार्थी आन्दोलनबारे छलफल भइरहेको छ ।”
सिंहका अनुसार सम्मेलनको तयारीको लागि देशभर भित्तेलेखन र विभिन्न ठाउँमा पोष्टर टाँस्ने काम भइरहेका छन् । सम्मेलन हुँन बाँकी जिल्लाहरुले पनि सम्मेलन सम्पन्न गरिरहेका छन् । कास्की,कालिकोट, जाजरकोट भदौ २६ गते जिल्ला सम्मेलन सम्पन्न गर्दैछन् ।

प्रतिक्रियाहरु