कांग्रेसको कार्यालयमा आगजनी

२०७२ भाद्र २१ गते, सोमबार

काठमाडौं, २० भदौ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाको कार्यालयमा आगजनी भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरमा रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाको कार्यालयमा आगजनी गरेका हुन् । ठुलो संख्यामा रहेका प्रदर्शनकारीले जनकपुरको पिडरिया माइस्थानमा रहेको कांग्रेस पार्टी कार्यालयमा आगो लगाएका हुन् । प्रदर्शनकारीले सोमबार जनकपुरमा लाठी जुलुस प्रदर्शन गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु