क्षतिपूर्तिमा मनलाग्दी

२०७२ भाद्र १६ गते, बुधबार

काठमाडौं, १६ भदौ । गृह मन्त्रालयले विभिन्न व्यक्तिहरुलाई क्षतिपूर्ति दिने नाममा मनलाग्दी गरेको छ । क्षतिपूर्ति दिने नाममा गृह मन्त्रालयले आफूखुसी लाखौं रुपैयाँको ‘आर्थिक सहायता’ र ‘क्षतिपूर्ति’ बाँडेको छ । यसरी आर्थिक सहायता पाउनेमा भारतीय नागरिकसमेत परेका छन् । गृहले सुर्खेतका टीकाराम गौतम, मानबहादुर बीसी र गोपालसिंह रजवारको परिवारलाई जिल्ला प्रशासन कार्यालयमार्फत ३० लाख रुपैयाँ आर्थिक सहायता भुक्तानी गरेको छ ।
यसैगरी , जिल्ला प्रशासन कार्यालयमार्फत डगौरा चौधरीलाई १ लाख रुपैयाँ भुक्तानी गर्ने गृह मन्त्रालयले निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय बारामार्फत् भारतीय नागरिक मोतीलाल साहका छोरा आशिषकुमार साहलाई सरकारले ६ लाख रुपैयाँ आर्थिक सहायता भुक्तानी गर्ने निर्णय गरेको छ । बाराका मृतक कञ्चनकुमारी ठाकुरका हकदारले ६ लाख रुपैयाँ गृहमन्त्रालय मार्फत् भुक्तानी पाएका छन् ।

प्रतिक्रियाहरु