अघोषित मिल्क होलिडेले दैनिक ५० हजार लिटर दूध खेर जाँदै

२०७२ भाद्र १४ गते, सोमबार

काठमाडौं, १४ भदौ । दुग्ध विकास संस्थानले अघोषित मिल्क होलिडे लागु गरेपछि दैनिक ५० हजार लिटर दूध खेर गएको छ ।बजारको समस्या भएपछि सरकारी स्वामित्वको दुग्ध विकास संस्थानसहितका निजी डेरीहरुले विभिन्न क्षेत्रबाट दैनिक रुपमा दूधको खरिद गर्न छाडेका हुन् । बजारीकरणको समस्याले दैनिक झण्डै ५० हजार लिटर दूध खेर जान थालेको छ । दूधको उत्पादन बढ्दै गएको र बजारमा माग घटेका कारण किसानले उत्पादन गरेको सम्पूर्ण दूध किन्न नसकिएको दूध खरिदकर्ता डेरीहरुले जनाएका छन् । किसानले उत्पादन गरेको दूध खेर जान थालेपछि केन्दि्रय दुग्ध उत्पादक सहकारी संघले अघोषित रुपमा मिल्क होलिडे सुरु भईसकेको ठहर गरेको छ । यसअघि नियमित रुपमा दूध संकलन गर्ने डिडिसीसहित डेरी उद्योगहरुले विभन्न बाहाना बनाएर अनियमित रुपमा दूध खरिद गर्न थालेको संका अध्यक्ष नारायणप्रसाद देवकोटाले जानकारी दिए ।
यसले गर्दा दैनिक ठूलो मात्रामा दूध किसानकै घरमा थन्किएको देवकोटाको भनाई छ । ठूलो लगानी गरेर व्यवसायिक रुपमा दूध उत्पादन गर्नेहरुलाई अघोषित मिल्क होलिडेले धेरै समस्यामा पारेको देवकोटाको गुनासो छ ।

प्रतिक्रियाहरु