राष्ट्रपतिविरुद्ध महाभियोग दायर गर्न माग

२०७२ श्रावण ३२ गते, सोमबार

काठमाडौं, ३२ साउन । ब्राजिलमा हजारौं प्रदर्शनकारीले राष्ट्रपतिविरुद्ध सडकमा उत्रिएर नारावाजी गरेका छन् । उनीहरुले राष्ट्रपति डिल्मा रुसेफविरुद्ध भ्रष्टाचारको आरोपमा महाभियोग दायर गर्न माग गरेका छन् । विरोध प्रदर्शनमा उत्रिएका धेरैजसोले राष्ट्रिय झण्डा कै अनुरुप हरियो र पहेलो रङको पोशाक लगाएका छन् ।
ब्राजिलमा हालसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचार भएको भन्दै विपक्षी कार्यकर्ताहरु राष्ट्रपति रुसेफविरुद्ध खनिएका हुन् ।
सरकारी तेल कम्पनी पेट्रोब्रासको ठेक्का पाउनका लागि ठेकेदारहरुले सत्ताधारी दलका नेताहरुलाई ठूलो परिमाणमा घुस दिएको अनुसन्धानबाट खुलेपछि विपक्षीहरु सडकमा उत्रिएका हुन् । ठेक्का दिने समयमा रुसेफ उक्त कम्पनीको अध्यक्ष थिइन् । यद्यपी न्यायिक प्रक्रियामा उनी उक्त आरोपबाट मुक्त भइसकेकी छन् ।
विश्वकप फुटबल आयोजना गर्नेक्रममा पनि ठूलो भ्रष्टाचार भएको आरोप विपक्षीले लगाउँदै आएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु