बेपत्ता विमानको भग्नावशेष फेला

२०७२ श्रावण ३२ गते, सोमबार

काठमाडौं, ३२ साउन । इन्डोनेसियाको बेपत्ता एक विमानको भग्नावशेष फेला परेको छ । आइतबार घरेलु उडानका क्रममा बेपत्ता भएको इन्डोनेसियाली विमान ‘ट्रिगाना एयर’ को भग्नावशेष पापुआ क्षेत्रमा फेला परेको बताइएको छ । सो विमानमा ५४ जना सवार थिए । दुर्घटनामा कोही जिवित छन् या छैनन् भन्ने प्रष्ट भइसकेको छैन ।
विमानमा सवारमध्ये ४४ वयस्क, पाँच बालबालिका छन् भने पाँच जना चालक दलका सदस्य रहेको अधिकारीहरुले जनाएका छन् । स्थानीय समयअनुसार आइतबार दिउँसो करिब तीनबजे उक्त विमानसँग सम्पर्क विच्छेद भएको थियो । प्रान्तीय राजधानी जयापुरकाको सेन्तानी विमानस्थलबाट उडान भरेको विमान दक्षिणी सहर ओक्सिबिलतर्फ जाँदै गर्दा बेपत्ता भएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु