बन्द भएपनि विद्यालयहरु खुल्ने

२०७२ श्रावण २९ गते, शुक्रबार

काठमाडौ २९ साउन । थरुहट र थारुवान संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण बन्द रहेका दाङका विद्यालय आजदेखि सन्चालनमा आउने भएका छन् । नेपाल पत्रकार महासंघ दाङको पहलमा भएको सर्वपक्षीय छलफलपछि जिल्लाका सम्पूर्ण विद्यालय खुल्ने समहती भएको संघर्ष समितिले जनाएको छ ।
उद्योग वाणिज्य संघ, नागरिक समाज, मानव अधिकारकर्मी, प्याब्सन लगायतका हिजो भएको सर्वपक्षीय छलफलले विद्यालय खोल्ने सहमति गरेको हो ।
६ प्रदेशको सीमांकन गर्दा थारु समुदायलाई पहिचान र अधिकारबाट बन्चित गराएको भन्दै संघर्ष समितिले आगामी साउन ३२ गतेसम्म थारुवान क्षेत्र बन्दको आह्वान गरेको हो । विद्यालय खुलेसँगै विद्यालय बसहरुलाई पनि सञ्चालन गर्न दिने थारु युवा नेता सन्तोष दहितले जानकारी दिए । दिनभर बन्द भएपनि साँझ ५ बजेदेखि अर्को दिन बिहान ५ बजेसम्मको खुला गरिएको संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रियाहरु