जोखिमयुक्त बस्ती स्थानान्तरणको लागि सेनाको परिचालन

२०७२ असार २७ गते, आईतवार

काठमाण्डौ ,२७ असार ।रसुवामा भुकम्प र वर्षाका कारण जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि नेपाली सेनासहितको टोली परिचालन गरिएको छ । टोलीले नुवाकोटको चाउथे र मनकामना गाविसको जोखिमयुक्त वस्ती स्थानान्तरण गरेको छ । जिल्ला दैवी प्रकोप उद्दार तथा विपद व्यवस्थापन समितिले तीन वटै निर्वाचन क्षेत्रका दुई हजार पाँच सय घर स्थानान्तरण गर्न सिफारिस गरेको छ ।
सो सिफारिसँगै सोमवारदेखि नेपाली सेनासहितको टोली परिचालन गरिएको छ । टोलीले अहिले महाकाली र शिखरवेसी गाविसमा रहेका जोखिम बस्ती सार्नका लागि काम गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र घिमिरेले जानकारी दिए ।
स्थानान्तरणको लागि प्रत्येक निर्वाचन क्षेत्रका ४÷४ गाविस छनौट गरिएको थियो । क्षेत्र नं. १ को चाउथे, तलाखु, कुमरी, महाकाली क्षेत्र नं. २ को घ्याङफेदी, उर्लेनी, लच्याङ र शिखरवेसी, क्षेत्र नंं ३ को किम्ताङ, साल्मे, मनाकामना र फिकुरी गाविसका पीडितहरुलाई स्थानान्तरण प्रक्रिया सुरु गरेको छ ।
गाउँ दैवी प्रकोप उद्दार समितिले जोखिमयुक्त वस्ती र घरहरुको सुची तयार गरी जिल्ला दैवी प्रकोप उद्दार समितिमा पठाउने र समितिको सिफारिसमा पुर्नस्थापनाको प्रक्रिया भइरहेको सहायक प्रजिअ घिमिरेले बताए । स्थानान्तरणको लागि सेना, प्रहरी, सशस्त्र प्रहरीको दुई वटा टोली प्रत्येक गाविसमा खटाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु