संबिधानको मस्यौदाले नँया युद्ध निम्त्यायो : राई

२०७२ असार २६ गते, शनिबार

काठमाण्डौ ,२६ असार । संघिय समाजवादी फोरम नेपालका वरिष्ठ नेता तथा संसदीय दलका नेता असोक राईले चार दलको सहमतीमा ल्याईएको संबिधानको मस्यौदाले नया क्रान्तिको जन्म गराएको बताए । राजधानीमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता राईले जनचाहना बिपरीत चार दलको स्वार्थमा बनेको संबिधानको प्रारम्भीक मस्यौदाले देशमा नँया युद्ध निम्त्याएको बताए । उनले संघियता ,धर्मनिरपेक्षता ,शासकीय स्वरुप र न्यायप्रणली जस्ता बिषयमा गम्भिर नभई सहमती भएका बिषयलाई पछि छाडेर स्वार्थपुर्ण रुपमा मस्यौदा तयार गरीएको बताए ।
एमाले काग्रेसले अहिले भुकम्पपछि जनतालाई भ्रम छरी संघियता र पहिचानलाई पछाडि छाडि नाम मात्रको संघिय लोकतान्त्रीक संबिधानको नाटक मंचन गरीरहेको आरोप लगाए ।
कार्यक्रममा संघिय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु रावतले गैर नागरीकलाई नागरीकता दिएको तर बास्तविक नेपाली नागरीकले भने पाउन नसकेको बताए । उनले नेपाल भारत सिमाका जनताले भोगेको समस्या राज्य सन्चालन गरीरहेकाहरुले बुझ्न नसक्दा त्यहाका जनता नागरीकता बिहिन भईरहेको भन्दै अबको संबिधानले पनि ती जनताको अधिकार सुनिश्चित गर्न नसक्ने बताए ।
संघियताको खोल भित्र गम्भिर किसीमको एकात्मक ब्यावस्थाको अभ्यास गरीने प्रणालीको आभाष मस्यौदामा रहेको भन्दै उनले त्यसको बिरोध गरे ।
यस्तै सोहि पाटीका उपमहासचिव दानबहादुर बिश्वकर्माले अहिलेको मस्यौदामा दलित शब्द राखेर सिधै अपमान गरेको भन्दै त्यसको सट्टा सिल्पी समुदाय भनेर सम्बोधन गर्नुपर्ने बताए ।
पार्टिका सचिव पर्शुराम बस्नेतले नेपाल प्राकृतिक प्रकोप देखिईरहने देश भएकाले बिपद् ब्यावस्थापन आयोग बनाई विकास निर्माणका काम अघि बढाउन संबिधानको मस्यौधामा नै समावेश गर्नुपर्ने बताए ।
मेची कालि शन्देश अभियानको अवसरमा संघिय समाजवादी फोरम नेपालको भातृ संगठन गैर भौगोलीक राजधानी बिशेष जिल्ला समितिले आज संबिधानको प्रारम्भीक मस्यौदाका बिषयमा अन्तरक्रिया कार्यक्रम संन्चालन गरेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु