सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

२०७२ असार २३ गते, बुधबार

काठमाडौ, २३ असार । सरकारले आज आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । व्यवस्थापिका संसदको आजको बैठकमा राष्ट्रपति डा. रामवरण यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ । आज दिउँसो ३ बजे बस्ने व्यवस्थापिका संसद्को बैठकमा राष्ट्रपति यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ । नीति तथा कार्यक्रममा भूकम्पपछिको पुनःनिर्माण, कृषि र उर्जालाई प्राथिमिकता दिइनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु