थाइराईडवाट बच्ने भए…

२०७२ जेष्ठ २४ गते, आईतवार

काठमाडौँ । अचेल तनावग्रस्त र भागदौडको जीवनमा थाइराईड समस्या बढी रहेको छ । यो समस्या महिला पुरुष दुवैमा देखिए पनि विशेषगरी महिलामा बढी देखिन्छ । आजभोलि त थाइराईडको समस्याले साना उमेरका महिलालाई पनि सताएको देखिन्छ । अध्ययनका अनुसार १०० जनामा ८० महिलालाई थाइराईको समस्या हुन्छ । हाम्रो घाँटीको अगाडीको भागमा थाइराइड ग्रन्थी हुन्छ । जसले थाइराइड हर्माेन नामक हर्माेन उत्पादन गर्छ । सोही हर्माेनलेनै हाम्रो शरिरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ । तर जब थाइराईड ग्रन्थीको प्रणालीमा बाधा उत्पन्न हुँदा विभिन्न स्वास्थ्य समस्या आउने गर्दछन् । तथ्यांकले लाखौं मानिस थाइराईडले प्रभावित भएको देखाउँछ । तर समस्या के छ भने धेरैलाई आपूmलाई थाइराईड भएको पत्तै पाउँदैनन् । यदि थोरै खाना खाँने गर्दा पनि वजन बढिरहेको छ, साना साना कुराले पनि तनाव दिईरहेको , सन्तान प्राप्तिको लागि समस्या छ र पटक पटक गर्भतुहिने समस्या छ भने हामीलाई थाइराइड पनि भएको हुनसक्छ ।
थाइराइड ग्रन्थी घाँटीको अघिल्तिर हुन्छ । खप्परमा दिमागभन्दा तल रहेको पिटुयुटरी ग्रन्थीले थाइराइडलाई नियन्त्रण गर्छ । पिट्युटरीले रगतमा थाइराइड हर्माेनको स्तर मापन गर्छ र थाइराइड स्टिमुलेटिङ हर्माेन टीएसएच निकाल्छ । यस हर्माेनले थाइराइडलाई थाइरोक्सिन टीफोर र ट्रिलिडोथायोरिन टीथ्री हर्माेन उत्पादन गर्न सहयोग गर्छ । थाइराइडलाई टीथ्री र टीफोर हर्माेन उत्पादन गर्न आयोडिनको आवश्यकता पर्छ । तर आयोडिनको मात्रा धेरै वा थोरै हुँदा थाइराइड मलफंक्शन हुने डाक्टर नुपुर क्रिशन बताउँछन् । आयोडिन र सिलेनियम खानामा पर्याप्त भएन भने गलगाँड उत्पन्न हुन्छ । शरिरमा आयोडिनको कमी हुँदा गलगाँड निस्कन्छ । थाइराइडले शक्ति परिचालन गर्न थाइरोक्सिन हर्माेन पैदा गर्छ । केटाकेटीको शारीरिक वृद्धि र विकासको लागि थाइराक्सिनको ज्यादै आवश्यकता हुन्छ । कुनै किसिमको विकृति नभई राम्रो बच्चा जन्माउन र आमाको दुध आउनको लागि पनि यो हर्माेनको ठूलो महत्व हुन्छ । हाम्रो दैनिक आहारमा आयोडिनको कमी हुंदै गयो भने थाइरोक्सिन हर्माेन सही ढंगबाट उत्पादन हुन सक्दैन, जसले गर्दा रगतमा यसको परिमाण कम हुँदै जान्छ । अनि यो हर्माेन बढी पैदा गर्नका लागि थाइराइड ग्रन्थीले धेरै परिश्रम गर्नुपर्छ, फलस्वरुप ग्रन्थी फुलेर आउँछ, यसलाई गलगाँड भनिन्छ । हाइपोथाइरोडिजम भएकालाई भर्जिन नरिवलको तेल लाभदायक हुन्छ । यसमा चेन फ्याटी एशिड हुन्छ जसले मेटाबोलेटिज्मलाई बढाएर वजन घटाउन मद्दत गर्छ ।
१. कृत्रिम चीनीको प्रयोगबाट बच्ने ।
२. बदाम लगायतका चिल्ला ड्राइफुट नखाने, धुमपानबाट बच्ने र पोषणका औषधीहरु नखाने ।
३. आवश्यक मात्रामा आयोडिन र भिटामिन ए को सेवन गर्ने । एक वयस्क व्यक्तिका लागि १ सय ५० माइक्रोग्राम आयोडिन प्रतिदिन लिन आवश्यक छ ।
४. बन्दा, काउली, ब्रोकोली जस्ता तरकारीबाट बनेका काँचो सलाद नखाने । यी तरकारीमा पाइने गोट्रोजेन्स नामको तत्वले थाइराइडलाई प्रभाव पार्छ । बरु पकाएर खानाले खासै असर गर्दैन ।
५. सामुद्रिक माछा प्रशस्त खाने । त्यस्तै हरियो पत्तेदार तरकारी र दुग्धजन्य पदार्थमा पनि प्रशस्त आयोडिन पाउन सकिन्छ ।
६. अण्डा, पहेलो पाकेको फलपूmल र हरिखा सागसब्जीले भिटामिन एको मात्र परिपूर्ति गर्छ ।
७. गर्भवती महिलालाई प्रतिदिन २ सय २० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने हुनाले यसमा विशेष विचार पु¥याउने ।
आजभोलि कम उमेरका महिलालाई पनि सताउँछ । इण्डोक्रिनोलोजिष्ट डा. अल्तामास साइखले १५ – २० वर्ष उमेर समूहका महिलामा पनि थाइराइड देखिएको बताउँछन् । यो उमेर समूहका महिलाले पनि उमेरअनुसारको वजन, थकान र सुन्निने समस्यालाई मध्यनजर गरेर थाइराइडको समस्या पत्ता लगाउन सक्छन् । थाइराइडका कारण बाँझोपनको समस्या पनि आउन सक्छ । थाइराइडले पुरुषमा यौनइच्छामा कमी र वीर्यमा कमी देखिन्छ भने महिलामा अण्डा उत्पादन गर्नमा कठिनाई र छिटो रजनोवृत्ति हुन सक्छ । थाइराइडका लक्षणमा अस्वाभाविक वजन बढ्नु, गलगाँड आउनु, तनाव, छिटो छिटो महिनावारी हुनु र अत्यधिक रक्तश्राव, कपाल झर्नु, छाला फुस्रो हुनु, मुटुको गति सुस्त हुनु, चाँडो थकाई लाग्नु, मुड छिनछिनमा परिवर्तन भईरहनु र कमजोर स्मरणक्षमता, चिसो लाग्नु र आवाजमा भारीपन बढ्नुलगायत रहेका छन

प्रतिक्रियाहरु