काठमाडौंमा वर्षकै उच्च गर्मी

२०७२ जेष्ठ १८ गते, सोमबार

काठमाडौं, १८ जेठ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौं उपत्यकामा गर्मि वर्षकै उच्च विन्दुमा पुगेको छ । आज काठमाडौंको तापक्रम ३३.५ डिग्री सेल्सियस मापन भएको छ ।‘यो अहिलेसम्म वर्षकै उच्च तापक्रम मापन भएको छ’ विभाग मौसमविद् शान्ति कँडेलले अनलाइनखबरसँग भने-‘यो बढ्न पनि स्क्छ । किनकी आजको अधिकतम तापक्रम भने साँझ ५ः४५ मा मापन हुन्छ ।’
यसअघि जेठ ९ गते शनिबार र १७ गते आइतबार काठमाडौंको तापक्रम ३३ डिग्री सेल्सियस पुगेको थियो । मनसुन सुरु नभएसम्म गर्मी कायमै रहनेछ । समान्यतया मनसुन जुन १० आसपासमा सुरु हुन्छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबारको तापक्रम गत वर्षको भन्दा बढी हो । गत वर्ष मे २१ मा ३३.२ डिग्री सेल्सियस थियो ।सबैभन्दा बढी गर्मी हुने जुनमा भने २०१२ मा जुन १३ मा ३५.२ डिग्री सेल्सियस पुगेको थियो । काठमाडौंमा अहिलेसम्मकै अधिकतम तापक्रम भने १९८९ मा ३६.६ डिग्री सेल्सियस मापन भएको छ ।

प्रतिक्रियाहरु