विद्यालयका अवस्था आफै बुझौ : शिक्षा मन्त्रालय

२०७२ जेष्ठ १६ गते, शनिबार

काठमाडौ, १६ जेठ । शिक्षा मन्त्रालयले भोलिदेखि भूकम्प प्रभावित धेरैजसो जिल्लामा विद्यालय संचालन गर्न लागेको विद्यालयको अवस्था बुझ्न अभिभावकलाई आग्रह गरेको छ । केही विद्यालयले पुरानै भवनमा विद्यालय संचालन गर्न लागेको सूचना पाएपछि अनुगमनका लागि खटाइएको मन्त्रालयको भनाइ छ । शिक्षा मन्त्रालयका अनुसार आआफ्नो जिल्लाको विद्यालयको अवस्था बुझिसक्न आजसम्म आदेश पनि दिइसकेको छ । तर केही विद्यालयहरुले भवन राम्रो नहेरी विद्यालय संचालन गर्न लागेको समाचारहरु आएपछि मन्त्रालयहरुले अभिभावकको पनि ध्यानाकर्षण गराएको हो ।
यसैबीच एकमहिना भन्दा बढी समयपछि भोलिदेखि विद्यालय जान लागेका विद्यार्थीलाई सकेसम्म पहिलो दिन वा केही दिन विद्यालय पुराउँदा उचित हुने पनि बताएको छ ।

प्रतिक्रियाहरु