लोकसेवाको परीक्षा आउँदो ३१ गतेदेखि

२०७२ जेष्ठ ८ गते, शुक्रबार

काठमाडौं । लोकसेवा आयोगले भूकम्पका कारण स्थगित भएका परीक्षा आउँदो ३१ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगले राजपत्र अनंकित प्रथम श्रेणी, नायव सुब्बा, खरिदार तथा स्वास्थ्य सेवा तर्फको विभिन्न पदको लागि स्थगित परीक्षा आउँदो ३१ गतेदेखि संचालन गर्ने निर्णय गरेको उपसचिव गीताकुमारी हुमागाईंले बताइन । यी पदको लिखित परीक्षा वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनका कारण स्थगित भएको थियो । आयोगले पूर्वनिर्धारित कार्यतालिकामा भूकम्पका कारण केही तलमाथि भएपनि कुनै फरक नपर्ने जनाएको छ ।

प्रतिक्रियाहरु