राहतमा कुहिएको चामल

२०७२ जेष्ठ ७ गते, बिहीबार

काठमाडौ, ७ जेठ । विश्व खाद्य कार्यक्रम र रेडक्रसले काभ्रे र गोरखामा कुहिएको चामल वितरण गरेपछि राहतका नाममा आएका खाद्यसामग्री तथा औषधिले पिडितको ज्यान नै जोखिममा पर्ने स्थीति देखिएको छ । काभ्रे र गोरखाका मानिसमा तत्काल झाडापखाला लागेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । तत्काल बिरामिको उपचार र त्यस्तो चामल नस्ट गरि खानबाट रोक नलगाएमा यसले महामारीको रुप लिनसक्ने भन्दै स्थानियले चिन्ता व्यत्त गरेका छन् ।काभ्रे जिल्लाको अरनिको राजमार्गबाट उत्तर र सिन्धुपाल्चोक जिल्लासँग जोडिएका इन्द्रावतीदेखि दक्षिणी भेगमा बिडिएको चामल कुहिएको पाईएको आयोगले जनाएको छ । ती क्षेत्रमा पुर्याईएको १ सय बोरा चामलमा ६० बोरा बाडिसकिएको छ ।
चामलमा मुसाको लिड ,सरोबरी ढुङगाको स साना टुक्रा ,घुन लागेको तथा चामल पखाल्दा कालो पानी आउने गरेको छ । प्रति परिवार १० केजिका दरले पाएको चामल खाने वित्तिकै सबै झडापखालाका लागेर बिरामि परेको स्थान्ीयले बताएका छन् । आयोगले अनुगमन पश्चात जिल्ला प्रशासनलाई तत्काल त्यस्तो चामल नष्ट गरी थप थप वितरण गर्न रोक लगाउन निर्देशन दिएको छ ।
यसैबीच ,भारतले म्याद सकिन लागेको इन्डिया लिमिटेड थ्री प्लेट नामक कम्पनिले पठाएको औषधिको नेपाल आईपुगेको छ । दुखाई कम गर्ने १५ सयभन्दा बढी ट्याब्लेट औषधि छ । सो औषधिको म्याद जुन १५ सम्म मात्र छन् । राहत पठायो भन्ने नाममा बिरामिको स्वास्थ्य सँग नै खेल्न खोजिएको भन्दै आलोचना भएको हो । यसअघि आएको औषधिको म्याद पनि कम अवधिको भएको र अहिले त्यो खान नमिल्ने अबस्थामा पुगेको बताईएको छ ।
यसैबीच , सरकारले राहतका नाममा गुणस्तरहीन खाद्यान्न तथा अरु सामग्री वितरण गर्नेलाई कारबाही गर्ने जनाएको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरिनारायण बेल्वासेले गुणस्तरहीन खाद्य सामग्री वितरण गर्नेलाई सिधै थुनामा पठाउने बताए । गुणस्तरहीन सामग्री वितरण भैरहेको गुनासा बढेकाले यस्ता मानवीय संवेदना विपरीत काम गर्ने जोसुकैलाई पनि तत्काल कारबाही गर्ने बेल्वासेले बताए । विभागले यतिबेला अति आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुमा ठगी वा कालोबजारी हुन नदिन अनुगमनको दायरा बढाएको छ । अति आवश्यक र कालो बजारी हुन सक्ने निर्माण सामग्री, खाद्यवस्तु, त्रिपाल, कालो म्याट, औषधीजन्य वस्तु र पानीमा ठगी हुन नदिन प्राथमिकता दिएर अनुगमन थालिने विभागले जनाएको छ । विभागले विनाशकारी भूकम्प गएपछि ठगी गरेको अभियोगमा १२ जनालाई थुनामा पठाइसकेको छ भने गुणस्तरहीन सामग्री बिक्री वितरण नगर्न सबैसँग आग्रह पनि गरेको छ ।

प्रतिक्रियाहरु