काठमाडौं महानगरपालिकामा ५० हजार घर भत्काउनुपर्ने

२०७२ जेष्ठ ६ गते, बुधबार

काठमाडाै‌,६ जेठ । काठमाडौं महानगरपालिकाको प्रारम्भिक तथ्यांकअनुसार करिब ५० हजार घर भत्काउनुपर्ने अवस्थामा छन्। ती घर पूरै नभत्काए जति बेलै भत्केर मानवीय क्षति हुनसक्ने खतरा छ। मानवीय क्षति तथा पूर्ण क्षति रोक्न निवेदनहरू आएको महानगरपालिकाका भौतिक तथा सहरी विकास विभाग प्रमुख उत्तरकुमार रेग्मीले बताए। ‘पाँचतल्ले घर हुनेले तल्ला घटाई दिनुपर्‍यो भनी निवेदन दिन्छन्। कोही टोलीवासीको घरले हामीलाई अप्ठेरो पार्‍यो भनी निवेदन दिन्छन्,’ उनले भने। रेग्मीका अनुसार ठूला घर भत्काउन उच्च क्षमताका स्काभेटर, रकब्रेकर र क्रेन चाहिन्छ। ‘हामीसँग पूर्ण ध्वस्त गर्ने सामग्री छैन। अन्योलमा छौं, चाँडो भत्काउन पाए थप क्षति हुनबाट जोगिन्थ्यो,’ उनले भने, ‘राज्यले व्यक्तिको घर भत्काउन सक्दैन। यो सम्भव पनि छैन।’साँघुरा गल्लीभित्रका घर भत्काउन उपकरण पुर्‍याउनै समस्या छ। व्यक्ति–व्यक्तिको घर भत्काउँदा राज्यलाई झनै आर्थिक भार पर्छ। एउटा संरचना भत्काउन १० हजारदेखि २५ लाख रुपैयाँसम्म लाग्ने सक्ने रेग्मीले बताए।
हालसम्म घर भत्काउन भन्दै महानरपालिकामा परेका निवेदनको संख्या १ हजार नाघेको छ। ललितपुर र भक्तपुरमा उस्तै अवस्था छ। ‘समस्या उही हो, अग्ला भवन भत्काउन सामग्री नै छैन,’ उनले भने।

प्रतिक्रियाहरु