कक्षा ११ र १२ को परीक्षाको तालिका सार्वजनिक

२०७२ जेष्ठ ५ गते, मंगलवार

काठमाडाै‌, ५ जेठ । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ र ११ को परीक्षा यही जेठ २० र आगामी असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ । परिषद्ले भूकम्पका कारण स्थगित कक्षा ११ र १२ को परीक्षाको तालिका सार्वजनिक गरेको हो । यसअघि कक्षा १२ को गत वैशाख २० र ११ को यही जेठ १ गतेदेखि हुने भएको थियो तर गत वैशाख १२ गतेको भूकम्पका कारण परीक्षा स्थगन गरिएको थियो । परीक्षा भने यसअघि सार्वजनिक भएको तालिकामा उल्लेख भएअनुसार नै क्रमैसँग विषय राखिएको परिषद्का सदस्यसचिव नारायण कोइरालाले जानकारी दिए ।परिषद्ले प्रकाशन गरेको तालिकामा ६८ जिल्लाको परीक्षा तालिका सार्वजनिक गरिएको छ । भूकम्पले धेरै क्षति पु¥याएका गोरखा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाको परीक्षा सञ्चालन गर्नेबारे भने अझै निर्णय हुन हुन सकेको छैन ।
सदस्य सचिव कोइरालाका अनुसार यी सात जिल्लामा परीक्षा चल्न सक्ने अवस्था छ भन्ने जानकारी सम्बन्धित जिल्ला परीक्षा समन्वय समितिले निर्णय गरी जेठ १० गतेभित्र लिखित रुपमा जानकारी गराए मात्र परीक्षा सञ्चालन गर्न सकिनेछ । कक्षा ११ र १२ मा गरी करिब नौ लाख विद्यार्थी परीक्षाको तयारीमा छन् ।

प्रतिक्रियाहरु