चिलिमेबाट आधा विद्युत् उत्पादन

२०७२ जेष्ठ ३ गते, आईतवार

काठमाडौं,३ जेठ ।बिनासकारी भूकम्पबाट उपकरणमा आएको खराबी हटाइ चिलिमे जलविद्युत् केन्द्रले आफ्नो विद्युत्गृहबाट आधा विद्युत् उत्पादन सुरु गरेको छ । चिलिमे जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक रामगोपाल सिवाकोटीका अनुसार भूकम्पबाट उपकरणको प्रणालीमा आएको खराबी हटाई ११ मेगावाट चालु भइसकेको र अर्को ११ मेगावाटको यन्त्र मर्मत भइरहेकाले हप्ता दिनभित्र पूरै चालु हुनेछ । भूमिगत संरचना भएका कारण विद्युत्गृहको सबै संरचना सुरक्षित रहेको छ ।
उता बाहिर सतहमा रहेको मैलुङ खोलाको पाँच मेगावाट क्षमताको जलविद्युत्गृह यही वैशाख १२ गतेदेखि नै बन्द भएको छ । के कति उपकरणमा क्षति भयो भन्ने यकिन गर्न विद्युत्गृहमा जाने अवस्था अझै नरहेको प्राविधिकले बताएका छन् । मैलुङ क्षेत्रका आसपासका अग्लो डाँडाबाट सानातिना ढुङ्गा अझै खसिरहेको उद्धारकर्मीले बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार