आज मेघ गर्जन सहित पानी पर्ने सम्भावना

२०७२ जेष्ठ १ गते, शुक्रबार

काठमाडाैं, १ जेठ । काठमाडौं उपत्यका सहित देशभरको मौसम आज बदली हुनेछ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज बिहान मौसम सामान्य रहे पनि बेलुकी र राती देशका धेरै ठाउँमा मेघगर्जन सहित पानी पर्ने संभावना छ ।
केहि ठाउँमा असिना पानी पनि पर्न सक्ने अनुमान गरिएको छ । विशेषगरी काठमाडौबाट उतर र पूर्वका केहि ठाउँमा मेघगर्जन सहित हावाहुरी, असिना र पानीको सम्भावना धेरै छ । महाशाखाले विशेष सूचना जारी गरेर यो जानकारी दिएको हो ।
महाशाखाका अनुसार भोलि बेलुकी पनि काठमाण्डूबाट उतर र पूर्वका पहाडी क्षेत्रमा मेघगर्जन र हावाहुरी सहित असिना पानी पर्ने संभावाना छ । भोलि मध्यरातबाट मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार