पहिरोको खतरा बढेको छ: भूगर्भशास्त्रीहरु

२०७२ बैशाख २९ गते, मंगलवार

काठमाडौ २९ वैशाख । महाभूकम्प र तारन्तार गइरहेको पराकम्पनको थर्काइले प्रभावित इलाकामा सयौं सुक्खा पहिरोको खतरा बढेको छ । पहाड र चट्टानलाई हल्लाएर खुकुलो बनाएकोले वर्षात्मा ठूला–ठूला पहिरोको सम्भावना रहेको नेपाली र चिनियाँ भूगर्भशास्त्रीहरुले औंल्याएका छन् ।‘हाम्रो अध्ययन सयौं ठूला पहिरो जान सक्ने र राजमार्ग रोकिने सक्ने प्रबल सम्भावना दरहेको देखियो, ‘त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका पाध्यापक मेघराज धितालले भने, ‘अहिले साना तर धेरै लामा सुक्खा पहिलो देखिएका छन्, वर्षात्ले तिनै ठाउँमा भीमकार पहिलो निम्त्याउन सक्छ ।’
महाभूकम्पलगत्तै आएका चिनियाँ प्रज्ञा प्रतिष्ठानका ११ सदस्य भूगर्भविद् र त्रिभुवन विश्वविद्यालयका भूगर्भविद्ले गोरखादेखि सिन्धुपाल्चोकसम्मकै मध्य पहाडी र उच्च पहाडी क्षेत्रमा हेकिोप्टरबाट पहिरोको सर्वेक्षण गरेका थिए । विभिन्न टोलीले सम्भावित खतरामा रहेका राजमार्ग र उच्च जोखिममा रहेका वस्तीको स्थलगत अध्ययनसमेत गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार