पूर्वराष्ट्रपति मुबारक र उनका छोराहरुलाई तीन वर्ष जेल सजाय

२०७२ बैशाख २७ गते, आईतवार

काठमाडौँ,२७ वैशाख ।इजिप्टको कायरोस्थित अदालतले पूर्वराष्ट्रपति होस्नी मुबारकलाई भ्रष्टाचार गरेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाइएको छ । मुबारकमाथिको भ्रष्टाचारको मुद्दाको पुनः सुनुवाइ गर्दै यो फैसला सुनाएको हो । पूर्वराष्ट्रपति मुबारका छोराहरुलाई राष्ट्रपति भवन मर्मतका नाममा १४ करोड डलर सरकारी रकम दुरुपयोग गरेको अभियोगमै चार–चार वर्षको जेल सजाय सुनाइएको छ ।मुबारक सत्तामा रहँदा उनीहरुले उक्त रकम कायरो र रेड सी तटमा रहेको निजी निवासका साथै पारिवारिक फार्म हाउसमा खर्च गरेको देखिएको थियो ।

प्रतिक्रियाहरु