जाजरकोटमा पठनपाठन ठप्प

२०७२ बैशाख ३ गते, बिहीबार

काठमाडौ, ३ बैशाख । जाजरकोटमा मौसमी सिजिनल फुलु र स्वाईनङ्खलुका विरामी दैनिक बढेपछि जाजरकोटका सबै विद्यालय बिहीबारदेखि पठनपाठन बन्द गरिएको छ । जिल्लाका २ सय ७६ प्रावि, निमावि ९२ र ६४ वटा मावि विद्यालयको पठनपाठन बन्द गरिएको हो । जिल्ला दैवि प्रकोष उद्धार समितिले गरेको निर्णय अनुसार १५ दिनका लागि विद्यालयमा पठनपाठन बन्द गरिएको छ । विद्यालयमा धेरै मानिस जम्मा हुने भएकाले त्यहाँबाट छिटो संक्रमण बढ्ने भन्दै विद्यालय बन्द गरिएको प्रमूख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले जानकारी दिए ।
यहाँको अछानी गाविसको एक विद्यालयवाट यो रोग फैलिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । जिल्ला स्वास्थ्य कार्यालय दिएको जानकारी अनुसार नेपाली सेनाको चिकित्सक सहितको टोलीले बिहीबार बिहानैदेखि रोग प्रभावित टालेगाउँ गाविसमा उपचार सुरु गरेको छ ।त्यस्तै चौरजहारीमा रहेको मिसन अस्पतालबाट गएको स्वास्थ्यकर्मीको टोलीले पनि आजबाट उपचार सुरु गरेको छ ।
यसैबीच विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी रामकृष्णा गिरी विरामी परेपछि उनको थप उपचारका लागि काठमाडौ लगिएको छ । जाजरकोटसँग सिमाना जोडिएका जिल्लाका सबै ठाउँमा उच्च सतर्कता अपनाइएको र स्वास्थ्य जाँच सुरु गरिएको छ ।

प्रतिक्रियाहरु