देशव्यापी विद्यार्थी भर्ना अभियान सुरु

२०७२ बैशाख २ गते, बुधबार

काठमाडौं,२ बैशाख । सरकारले यो वर्ष विद्यालय बाहिर रहेका १ लाख ३३ हजार बालबालिकालाई भर्ना अभियानमा सामेल गराउने तयारी गरेको छ । विद्यालय बाहिर रहेका ५ देखि ९ वर्ष उमेर समूहका १ लाख ३३ हजार बालबालिकालाई विद्यालयभित्र पुर्याउने योजनामा सरकार रहेको हो ।
यसपाली हिंसा, यौन दुव्र्यवहार र विभेदमुक्त विद्यालय बनाऔं, सबै बालबालिकालाई विद्यालय पठाऔं भन्ने नारा पनि तय गरिएको छ । शिक्षा विभागका महानिर्देशक डिल्लीराम रिमालले विद्यालयमा हुने हिंसा, यौन दुव्र्यवहार र विभेद हुने गरेकाले यो प्रवृत्तिलाई निरुत्साहित गर्न यो नारा तय गरिएको बताउनुभयो । उहाँका अनुसार विद्यार्थीलाई विद्यालयसम्म पुर्याउन बुधबारदेखि विशेष कार्यक्रम पनि हुँदैछ ।
सरकारले हरेक वर्ष विद्यार्थी भर्ना दर बढाउन अभियान चलाउने गरेपनि उनीहरुलाई टिकाउन गाह्रो हुने गरेको छ । विद्यलयमा टिकाएपनि, सिकाउन र सिकाएपनि व्यवहारमा लागु गराउन कठिन हुने गरेको एक अध्ययनले देखाएको छ ।

प्रतिक्रियाहरु