६५ वर्षकी वृद्धाको गर्भमा चार शिशु !

२०७२ बैशाख १ गते, मंगलवार

काठमाडौ, १ बैशाख । जर्मनीमा ६५ वर्षकी एक महिलाले एकैपटक चार शिशुलाई जन्म दिने भएकी छन् । विद्यालयमा पढाउने ६५ वर्षकी वृद्ध शिक्षिका एनेग्रेट रान्निकको गर्भमा चार शिशु हुर्किरहेका छन् ।यसअघि १३ बच्चा जन्माइसकेकी रान्निको २१ हप्ताको कर्भमा चार शिशु रहेको परीक्षणमा क्रममा देखिएको हो । शिशु र आमाको दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको चिकित्शकहरुले बताएका छन् । रान्निले यी चार शिशु सकुशल जन्माइन् भने पाको उमेरमा चार बच्चा जन्माउने उनी संसारको पहिलो महिला हुने छिन् । उनले पछिल्लो पटक १० वर्ष अघि छोरी जन्माएकी थिइन् । अहिलेसम्म पाको उमेरमा बढी बच्चा जन्माउने महिलाको कीर्तिमान स्पेनकी मारिया डेल कार्मेन बाँउसाडा लाराको नामा छ । उनले सन् २००६ मा ६६ वर्षको उमेरमा जुम्ल्याहा बच्चा जन्माएर विश्व कीर्तिमान कायम गरेकी थिइन् ।बर्मीङ्हम विमेन्स फर्टिलिटि सेन्टरका विशेषज्ञ डा. सु एवरीका अनुसार ६५ वर्षको उमेरमा चार सन्तानलाई जन्म दिनु रान्निकको लागि चुनौती हो । अहिलेसम्मको अवस्था राम्रै भएकाले राम्रो हुनेमा आफूहरु आशावादी रहेको उनले बताए । – एजेन्सी

प्रतिक्रियाहरु