जाजरकोटमा अज्ञात रोगको महामारी

२०७१ चैत्र २९ गते, आईतवार

काठमाडौँ, २९ चैत । जाजरकोटमा अज्ञात रोगका कारण १२ जनाको मृत्यु भएको छ । विभिन्न गाविसमा फैलिदै गएको रोगका कारण विरामी परेका ६ सय भन्दा धेरैको उपचार भएको छ । एक हप्तादेखि जिल्लामा रोग फैलिएको हो । रोगबाट सबै भन्दा धेरै प्रभावित पैक गाविसमा स्वास्थ्यकर्मीको टोली पुगेपछि नियन्त्रणमा ल्याउने प्रायस भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर दिपक पुनका बताए ।
रोगबाट प्रभावितहरुमा टाइफाइट र नाक वन्द हुने, नाकमा मासु पलाउने जस्ता समस्या देखिएको डा पुनले बताए । डाक्टरहरुका अनुसार विरामीको जिव्रो रातो हुने, शरिर तातो हुने, अत्याधिक ज्वरो आउने शरिर काप्ने र नाक वन्द हुने समस्या छ ।
तर स्वास्थ्य चौकि टाढा भएको र भौगोलिक विकटताले सबै विरामीको उपचार गर्न समस्या भइरहेको छ । उपचार गर्न स्थानीय मेडिकलमा पुगे पनि विना दर्ता संचालनमा आएका स्थानीय मेडिकलहरुले जथाभावि औषधि सेवन गराइरहेको हुँदा पनि समस्या भइरहेको जिल्ला जन स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरु