अखिल क्रान्तिद्वारा सिटिइभिटीमा तालाबन्दी

२०७१ चैत्र २७ गते, शुक्रबार

काठमाडौँ । विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारी भक्तपुरस्थित प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी) मा तालाबन्दी गरेको छ । परिषद्ले हालै दिएको नर्सिङ र ल्याव कलेजको सम्बन्धन खारेजी र बृद्धि गरिएको शुल्क फिर्ताको माग गर्दै सो तालाबन्दी गरिएको केन्द्रीय समिति सचिव दिपेन्द्र चलाउने बताएका छन् । परिषद्ले यही चैत्र २३ गते उक्त कलेजहरुलाई सम्बन्धन दिएको थियो ।
परिषद् उपाध्यक्ष गोपाल खनाले आफ्नो पदावधि सकि विदाई हुने दिनको विहान सल्लहाकार समितिको बैँठक राखि उक्त सम्बन्ध दिएका थिए ।
उक्त सम्बन्धन मापदण्ड विना र व्यापक आर्थिक चलखेलमा भएकोले आफूहरुले तालाबन्दी गरेको चलाउनेले बताए । उनका अनुसार सम्बन्धन पाएका कलेजकै खातामै घुस रकम जम्मा गरिएको थियो ।
उक्त सम्बधन खारेजी र २४ प्रतिशतले बुद्धि गरिएको शुल्क फिर्ता नगरिएसम्म ताला बन्दी नखोलिने भन्दै थप संघर्षका कार्यक्रम गर्ने उनले बताए । सो प्रक्रियामा संलग्नलाई कार्वाहीको माग समेत अखिल क्रान्किारीले गरेको छ ।

प्रतिक्रियाहरु