सगरमाथा महोत्सव चैत २४ देखि

२०७१ चैत्र २ गते, सोमबार

काठमाडौँ । उद्योग वाणिज्य सङ्घ लहानको आयोजनामा सिरहाको लहानमा तेस्रो सगरमाथा महोत्सव हुने भएको छ । व्यापारीको हकहित संरक्षण एवम् सम्वद्र्धन गर्ने उद्देश्यले सो महोत्सव गर्न लागिएको बताइएको छ । महोत्सवको बारेमा पत्रकार सम्मेलन गरेर सङ्घका अध्यक्ष सुनिल महतोले अगामी चैत २४ गतेबाट सुई हुने महोत्सव २०७२ वैशाख ३ गतेसम्म चल्ने जानकारी दिए ।
“विगतमा भएको माओवादी द्वन्द्व र मधेस विद्रोहका क्रममा चन्दा आतङ्क, अपहरण, हत्यालगायतका घटनाबाट त्रसित भई यहाँका धेरै व्यापारी पलायन भए”, सङ्घका अध्यक्ष महतोले भने– “तर अहिलेको स्थितिमा सुधार आएको छ । पलायन भएका व्यापारी फर्कन थालेका छन् । अझै अवस्था सहज बनाउन महोत्सवले सघाउ पु¥याउने विश्वास लिएका छौँ ।”
महोत्सवको १० दिनसम्म सङ्गीत साँझ, सांस्कृतिक तथा मनोरञ्जन कार्यक्रम र मधेसको लोकप्रिय खेल कुस्ती महोत्सवको आकर्षण मूल समिति संयोजक महतोले बताउनुभयो । नेपालका कृषिजन्य उत्पादन, हस्तकला एवम् घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्रीको बजारको प्रवद्र्धन र निर्यातको खोजीका लागि सघाउ पुगोस् भन्ने अभिप्रायले १० वटा कक्ष निःशुल्क उपलब्ध गराउने आयोजकले जनाएको छ ।
महोत्सवमा कुल २२५ वटा कक्ष रहनेछ । महोत्सवलाई व्यवस्थित बनाउन सङ्घका अध्यक्ष सुनिल महतोको संयोजकत्वमा २५१ सदस्यीय मूल समिति र सङ्घका महासचिव अशोक अमात्यको सदस्य सचिव रहेको संयोजकत्वमा १५ वटा कार्य सम्पादन समिति गठन गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु