गृहमन्त्री ज्यु नेपालमा सरकार र प्रशासन छ कि छैन?

२०७१ फाल्गुन २८ गते, बिहीबार

सम्माननीय गृहमन्त्री ज्यु नमस्कार
देशमा घटिरहेको हत्या हिंशा बलत्कार भ्रस्टाचार लगायतको बिगबिगी बढिरहेको कुराहरु सन्चार माध्यम र सामाजिक संजाल हरु थाहा पाएर आज यो परदेशी भुमिबाट यो पत्र लेख्दै छु।आशा छ कुनै न कुनै माध्य्मबाट यो पत्र तपाइले पाउनुहुनेछ र पढ्नुहुनेछ।
मन्त्री ज्यु म र म लगायत लाखौ लाख नेपालिलाइ यति बेला शंका लागिरहेको छ कि नेपालमा सरकार वा प्रशाशन छ कि छैन?छैन भनौ भने कसरी भनौ? सरकार वा प्रशासन को निम्ति राज्यबाट अरबौ रुपैयाहरु निकाशा भैरहेको सुनिन्छ सरकार छ भनौ भने जनताले सरकार र प्रशासन भएको अनुभूति गर्न पाएका छैनन।
मन्त्री ज्यु अहिलेको नेपालको सुरक्षा अवस्था अतिनै दयनिय छ जस्तो मलाई लाग्छ अथवा भनौ सिङ्गो देश नै लङ्गडो अवस्थामा छ।देखावटी खुट्टा छ तर टेकेर हिडडुल गर्न सक्दैन।आखिर किन यो अवस्था आयो मन्त्री ज्यु?
यो देशमा छ बर्षिय पुजा शाहहरु बलात्कृत हुन्छ्न बलत्कारबाट पुजा हरु मर्छन,एउटा सिक्षक द्वारा आफैले पढाउने ९ बर्षिय बालक बिद्यार्थीको अस्मिता लुटिन्छ अनि बैंक मा जागिर लगाइदिने भन्दै फकाइ फकाइ लगेर बलत्कार गर्छ यस्तै पढ्न भनेर कक्षाकोठामा बसेर पढिरहेको बिद्यार्थीमाथी तेजाब प्रहार हुन्छ।यहि देशमा गेशपेपर किन्न गएकी पुजा बोहराहरु बलात्कृत हुन्छन अनि आफ्नै हजुरबाउ र बाउबाट पुजा कार्किहरुको अस्मिता लुटिन्छ।यो देशमा आमाले छोरा कुटेर मार्छिन छोराले आमा बाउ हजुरबाउ माथी बन्चरो प्रहार गर्छ।अनि ससुराको गर्व बोकेर छोरालाइ आरोप लगाइन्छ।यी त यस्ता केही उदाहरण हरु मात्र हुन यस्ता कति कति छन कति।
यी र यस्ता घटनाको बारेमा जानाकार हुदाहुदै पनि सरकार र प्रशासन किन अपराधिमाथी कारबाही गर्न उदासिन देखिन्छ?किन कानुनको तगारो हालेर कारबाही गर्न मिल्दैन भन्छ?नेतशरुले चाहे भने आफ्ना स्वार्थको निम्ति क्षणभरमै कानुन परिपर्तन हुन्छन तर यस्ता अपराधिलाइ कारबाही गर्न किन कानुन परिबर्तन गर्न सकिँदैन?को बाधक बन्छ अपराधिलाइ कार्बाही गर्ने कानुन बनाउन खोज्दा बाधक?त्यो बाधक बन्नेसङ्ग भिड्न जनत तयार छन।अनि कुन कानुनको कुरा गर्नुहुन्छ मन्त्री ज्यु?के पुजाशाहको बलत्कार कानुन सम्मत छ?के एसिड कानुनको परिधिमा रहेर प्रहार गरिएको हो?अनि पुजा बोहराको बलत्कारिलाइ छुट दिने निर्णय कानुनको निर्मताहरुले कानुनको परिधिभित्र रहेर गरेका हुन?कानुन तोडेर अपराध गर्नेलाइ कानुन सम्सोधन गरेर कारबाही गर्न मिल्दैन?किन मिल्दैन मन्त्री ज्यु?
के पुजा शाह पुजा बोहरा हरु अनि सिमा र सङ्गिताहरुको त्यो अवस्था देख्दा तपाइको मनमा माया ममता अनि स्नेहको भाबहरु पैदा हुदैनन?उनिहरुलाइ देख्दा तपाइको छाती छिया छिया हुदैन र मन्त्री ज्यु?एकपटक ती पिडितहरुलाइ आफ्नै छोरी नाति नातिना सम्झेर सोच्नुस त तपाइको मनले के भन्छ?आज पुजा सिमा सङ्गिता हरुमाथी बलत्कार गर्नेले अनि एसिड प्रहार गर्नेले भोलि तपाईं हाम्रो छोरी चेलिमाथी गर्दैनन भन्ने छ?अनि किन यस्ता अपराधिमाथी दयाभाब राख्नुहुन्छ?किन कारबाही गर्न तम्तयार हुनुहुन्न?किन उदासिन बन्दै ढिलासुस्ती गर्दै हुनुहुन्छ?किन अपराधिहरु मनोबल बढाउने काम भैरहेको छ?
अनि अर्को कुरा ट्युसन सेन्टरमा पढिरहेका बिद्यार्थीमाती एसिड प्रहार भएको आज २० औ दिन बितिसक्दा पनि एउटा अपराधी पक्राउ पर्न नसक्नु कत्तिको बिडम्बना हो?यसबाट देशको सुरक्षा अवस्था कस्तो छ भनेर कसरी मुल्यांकन गर्ने?अनि सुरक्षाप्रती कसरी जनता आशबादी बन्ने?देशको एउटा प्रशासन प्रमुख भएकाले यी कुरा सोध्ने हिम्मत गरेको हु अन्यथा नसोच्नुहोला अनि गल्ती भएमा माफ गरिदिनुहोला साथै कृपया जवाफ दिनुहुनेछ भन्नेमा पनि आशाबादि छौ।

– पिडित बैनिहरुको दाजु समान
नबराज सिम्खडा”जिज्ञासु”
कतार

प्रतिक्रियाहरु