टेलिभिजनमा लाइभ दिँदादिँदै पत्रकार लुटिए

२०७१ फाल्गुन २८ गते, बिहीबार

काठमाडौ । दक्षिण अफ्रिकाको ख्यातिप्राप्त टेलिभिजन पत्रकारलाई जोहानेसबर्गमा लाइभ प्रसारणकै क्रममा लुटेराहरुले लुटपाट गरेका छन् । टेलिभिजनमा लाइभ चलिरहँदा भएको लुटपाट क्यामेरामा कैद भएको छ । जसमा दुई जना लुटेरा अचानक मिलपार्क अस्पताल बाहिर उभिएका पत्रकार भायो म्भोको लुटिएका हुन् ।म्वाकोका अनुसार उनीबाट एक व्यक्तिले उनको मोबाइल फोन माग्यो र न दिएपछि उनलाई बन्दुक देखाएर धम्काइयो । उनीहरुलाई क्यामेराअगाडि हुँदा पनि केही फरक परेन । यो घटना त्यतिबेला भएको हो, जतिबेला म्भोको मिलपार्क अस्पतालमा उपचार गराइरहेका जाम्बियाका राष्ट्रपतिको मेडिकल टेस्टका विषयमा लाइभ कार्यक्रम दिँदै थिए ।
प्रहरीका अनुसार लुटेराले म्भोकोबाट उनको ल्यापटप र कयौ मोबाइल फोन लिएर भागेका छन् । प्रहरीले घटनाको छानविन भइरहेको जनाएको छ।
म्वोकोले भने–म बुझ्न सकिन कि उनीहरु किन क्यामेरा सामु आए । जबकि उक्त समय लाइभ चलिरहेको थियो, त्यो उनीहरु पनि देखिरहेका थिए ।
घटनाको केहीबेरमै म्वाकोले ट्वीट गरेर आफू सकुशल रहेको जानकारी गराएका थिए । उनले एउटा लिंक पनि पठाएका थिए, जसमा लुटपाट हुँदै गरेको देखाइएको थियो ।
यो भिडियो इन्टरनेटमा भाइरल भएको छ । दक्षिण अफ्रिकी ‘नेशनल एडिटर फोरम’ले यो लुटपाटको निन्दा गरेको छ।
फोरमले जारी गरेको वक्तव्यमा भनिएको छ–दक्षिण अफ्रिकामा मानिसहरु अपराधको छाँयामा बाँचिरहेका छन् तर, क्यामेरा सामु मिडियाकर्मीमाथि भएको लुटपाटले हाम्रो समाजमा अपराधको स्तर बताउँछ । – एजेन्सी

प्रतिक्रियाहरु