थाइल्याण्डाका भिक्षुहरुद्धारा तिलौराकोटमा सामूहिक प्रार्थना

२०७१ फाल्गुन २६ गते, मंगलवार

काठमाडौ । बुद्धकालीन सयममा बिरोधकद्धारा बध गराईएका ९० हजार शाक्यहरुको आत्मको मोक्षको कामनाका गर्दै तिलौराकोट दरबार क्षेत्रमा सामुहिक प्रार्थना गरिएको छ ।बुद्धको क्रिडास्थल प्राचीन कपिलवस्तुको तिलौराकोटमा थाईल्याण्को बिभिन्न बिहारबाट आएका भिक्षुहरुले सामूहिक प्रार्थना गरेका हुन । २४ जनाभन्दा धेरै भिक्षुहरुले तिलौराकोटको पश्चिमी द्धार नजिकै २ घण्टा बिशेष पुजापाठ गरेका थिए ।
थाईल्याण्डका राजधानी बैकक स्थित नोखोन नापाके बिहारका प्रमुख भिक्षु ल्हुवङ् पुमेद् अनालयाले सामुहिक प्रार्थना गराएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु