आँखा फुटाउनेको आँखा निकालियो

२०७१ फाल्गुन २४ गते, आईतवार

काठमाडौँ । इरानमा तेजाब प्रहार गरेर आँखा फुटाउने एक युवकको आँखा निकालिएको छ। ‘आँखाको बदला आँखा’ सम्बन्धी प्रतिशेध नियमअनुसार यस्तो सजाय दिइएको हो । मंगलबार तेजाब प्रहार गरेर आँखा गुमेपछि उसको पनि आँखा निकालिएको हो । एमनेस्टी इन्टरनेशनल र इरानको स्टेट मिडियाले यसको पुष्टि गरेका छन् ।
तास्निम न्युजका अनुसार इरानमा प्रतिशोध (आँखाको बदला आँखा) को सजाय यो पहिलो हो । दोषीलाई तेहरानदेखि २० किलोमिटर टाढा गोहर जेलमा ३ मार्चमा यस्तो सजाय दिइको हो । उसले अगस्त २००९ मा कोम सहरमा एक जनामाथि तेजाब प्रहार गरेका थिए । सजाय अन्तर्गत उनको बायाँ आँखा निकालिएको छ।
आगामी वर्ष उनको अर्को आँखा पनि निकालिनेछ । उनलाई ‘ब्लड मनी’ दिने र दश वर्ष कैद सजायको आदेश पनि दिइएको छ। अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टीले यसको कडा निन्दा गरेको छ।
एमनेस्टी इन्टरनेशनलकी इरान रिसर्चर राहा बहरिनेले भनिन्–सजायको यो तरिकाले इरानको क्रुर न्यायिक प्रणालीलाई दर्शाउँछ र स्थानीय सरकारलाई कठघरामा खडा गर्द छ। उनले भनिन्–क्रुर र अमानवीय साजय दिनु न्यायको सही तरिका हुन सक्दैन। अन्धा गर्नु, ढुंगा हान्नु, अंग काट्नु र कोर्रा मार्ने सजायको तरिका गलत हो । जुन अन्तर्राष्ट्रिय काुनन अनुसार प्रतिबन्धित छ।
इरानको न्युज एजेन्सीका अनुसार एक जना अर्का व्यक्तिको पनि प्रतिशोध कानुनअनुसार ३ मार्चमै आँखा निकाल्नुपर्ने थियो । तर उनको सजाय एक महिनाका लागि पछि सारिएको छ।- एजेन्सी

प्रतिक्रियाहरु