विश्वकै महंगो चकलेट

२०७१ फाल्गुन २३ गते, शनिबार

काठमाडौँ । तपाईंलाई कुनै मिठो चकलेट खान मनप¥यो भने कति रूपैयाँ खर्च गर्नुहुन्छ ? सायद ५ सय देखि हजार रूपैयाँ सम्म होला तर विश्वमा यस्तो चकलेट छ जसको मूल्य प्रति १।५ आउन्सकै २५ हजार रूपैयाँभन्दा बढी पर्छ । विश्वकै सबैभन्दा महंगो चकलेट भनेर चिनिने उक्त चकलेट इक्वेडरको उत्कृष्ट काकाओ बिन्सबाट तयार गरिन्छ जसको मूल्य १।५ आउन्सको २ सय ६० डलर राखिएको छ । टो’अक नाम दिइएको उक्त चकलेटका निर्माता अनुसार विश्वका ९५ प्रतिशत चक्लेट धेरै मात्रामा प्रशोधन गरिएको बिनबाट तयार हुन्छ । तर, यस चक्लेटका लागि इक्वेडरबाट विशेष रूपमा काकाओ बिन्स ल्याइन्छ । तिनीहरूलाई तरल चक्लेटमा परिणत गरेर हातैले चक्लेट बार तयार गरिन्छ । हरेक बारमा ८१ प्रतिशत काकाओ हुन्छ जसलाई तयार गर्न विभिन्न ३६ प्रक्रियाहरू लाग्छ । काकाओको हरेक दानालाई हातले नापेर छानिन्छ । उक्त दानाको आकार ७ देखि ८ मिलिमिटर हुनुपर्ने अनिवार्य हुन्छ ।
यस चकलेटका सह निर्माता कार्ल स्वीजरका अनुसार यसलाई कुनै फैन्सी वस्तु प्रयोग नगरी स्वादकै लागि विश्वकै महंगो चकलेट बनाइएको हो । हरेक १।५ आउन्सको बारलाई स्पेनिस इल्मबाट तयार गरिएको विशेष डब्बामा राखिएको हुन्छ । यसको अलावा हातको तेल वा पसिनाले यसको स्वाद नबिर्गियोस् भनेर चकलेट खानका लागि विशेष चिम्टा पनि राखिएको हुन्छ । यसको उत्पादन पनि सीमित मात्र हुन्छ । गत वर्ष यस्ता ५ सय ७४ चकलेटहरू मात्र उत्पादन गरिएको थियो ।– एजेन्सी

प्रतिक्रियाहरु