वन्यजन्तुका लागि अस्पताल

२०७१ फाल्गुन २१ गते, बिहीबार

काठमाडौँ । वन तथा भू–संरक्षण मन्त्री तथा प्रकृति संरक्षण कोषका अध्यक्ष महेश आचार्यले वन्यजन्तुको संरक्षणको लागि चितवनको सौराहामा वन्यजन्तु अस्पतालको बुधबार शिलान्यास गरेका छन । अस्पतालको शिलान्यास गर्दै मन्त्री आचार्यले वन्यजन्तुको उपचार गर्ने रोगव्याधीको पत्ता लगाउने, आहारा र वासस्थानको संरक्षण गरी वन्यजन्तुको संरक्षण गर्न सकियोस् भनेर अस्पताल सञ्चालन गर्न लागेको बताए । जैविक विविधता संरक्षण गर्नको लागि अस्पताल निर्माणले टेवा पुग्ने उनको भनाई छ । चितवन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषको समन्वयमा अस्पताल निर्माण गर्न लागिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरका अनुसार आगामी आर्थिक वर्षभित्र अस्पताल निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अस्पताल निर्माणपछि सञ्चालनको जिम्मेवारी चितवन निकुञ्ज र वन्यजन्तु कोष अन्तर्गतको जैविक विविधता संरक्षण केन्द्रले लिने कुँवरले जानकारी दिए ।अस्पतालको केही पूर्वाधार बन्ने बित्तिकै वन्यजन्तुको उपचार कार्य सुरु गरिने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख चिरिञ्जीवि पोख्रेल बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु