कोरियामा अमेरिकी राजदूत कुटिए

२०७१ फाल्गुन २१ गते, बिहीबार

काठमाडौँ । दक्षिण कोरियामा अमेरिकी राजदुत मार्क लिपर्ट कुटिएका छन् । एक आक्रमणकारीले दक्षिण कोरियाको राजधानी सिउलमा ४२ वर्षीय लिपर्टमाथि ब्लेडले आक्रमण गरेका हुन्। संचार माध्यममा सार्वजनिक भएको तस्वीरमा लिपर्टको अनुहार र बायाँ हातमा रगत देखिएको छ। अधिकारीहरुका अनुसार लिपर्टलाई अस्पताल भर्ना गरिएको छ। उनीमाथि एक ५५ वर्षीय व्यक्तिले आक्रमण गरेको आशंका गरिएको छ।
उनलाई प्रहरीले पक्राउ गरेको छ। अमेरिकी विदेश मन्त्रालयले उनी खतरामुक्त रहेको बताएको छ।
अमेरिकी विदेशमन्त्रालयले हिंसक घटना भन्दा निन्दा गरेको छ। यो घटना बुधबार स्थानीय समय अनुसार ७ बजेर ४० मिनेट जाँदा भएको हो । लिपर्ट सेन्ट्रल सिउलस्थित लेक्चर हलमा प्रवेश गर्दा भएको अधिकारीहरुले बताएका छन्।
आक्रमणकारीले उत्तर र दक्षिण कोरिया एकीकरण हुनुपर्ने भन्दै उनीमाथि आक्रमण गरेको बताइएको छ। उनले दक्षिण कोरिया र अमेरिकाबीच वर्षेनी हुने संयुक्त सैन्य अभ्यासको विरोध गरिरहेका थिए । अहिले यो सैन्य अभ्यास चलिरहेको छ ।
आक्रमणकारी उत्तर कोरियाको एजेन्ट भए नभएको विषयमा भने स्पष्ट भइनसकेको अधिकारीहरुको भनाइ छ ।- एजेन्सी

प्रतिक्रियाहरु