हृयाकरलाई १५ करोड पुरस्कार !

२०७१ माघ २४ गते, शनिबार

काठमाडौँ । इन्टरनेट जाइन्ट गुगलले गएको वर्ष’हृयाकर’हरुलाई पुरस्कार स्वरुप झण्डै १५ करोड रुपैयाँ दिएको छ । गुगलले आपनो सेक्युरिटी रिवार्डस् प्रोग्राम अर्न्तर्गत सन् २०१४ मा २ सय जना ‘हृयाकर’ हरुलाई पुरस्कृत गरेको हो । वास्तवमा गुगलले कुनै कुख्यात वा विनाशकारी हृयाकरहरुलाई उनीहरुको खराब कामको लागि पुरस्कार दिएको भने होइन । गुगलको अनलाइन सेक्युरिटीका विषयमा भएका कमजोरी पत्ता लगाइदिने इन्टरनेट अनुसन्धानकर्ताहरुलाई उसले पुरस्कृत गरेको हो । समाचार अनुसार गएको वर्षगुगलमा विभिन्न ५ सय वटा बग अर्थात कमजोरी फेला पारिएको थियो ।
गुगलका सेक्युरिटी इन्जिनियर इडुआर्डराभेला नाभाका अनुसार गुगलले एक जना शोधकर्तालाई गुगलको मुख्य सुरक्षा कमजोरी पत्ता लगाइदिए बापत सबैभन्दा धेरै डेढ लाख अमेरिकी डलर पुरस्कार प्रदान गर्नुका साथै गुगलको प्रोजेक्ट जेरो नामक परियोजनामा प्रशिक्षार्थी बन्ने अवसर समेत प्रदान गरेको छ ।
सन् २०१० मा सुरु भएको सेक्युरिटी रिवार्ड प्रोग्राम अन्तरगत गुगलमा बग पत्ता लगाइदिएर सुरक्षा मजबुतीमा सहयोग पूराउने हृयाकरहरु हालसम्म ४० लाख डलर भन्दा धेरै पुरस्कार दिइसकिएको गुगलले जनाएको छ । भविष्यमा यस्तो पुरस्कारको राशी अझै बढाउँदै लैजाने गुगलको भनाइ छ ।
यसैबीच, गुगलले झण्डै ४० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने प्रिमियम भर्सन ‘गुगल अर्थ प्रो’ अब निःशुल्क दिने भएको छ । यसअघि ब्यबसायिक ग्राहकलाई लक्षित गरी ल्याइएको अर्थ प्रोको ग्राहक बन्न बाषिर्क ३ सय ९९ अमेरिकी डलर तिर्नुपर्दथ्यो । अघिल्लो शुक्रबार गुगल अर्थ प्रोले एक ब्लगमार्फ् महंगो सेवालाई निःशुल्क बनाएको घोषणा गरेको हो । अर्थ प्रोका प्रोडक्ट म्यानेजर स्टाफोर्ड मारक्वेटले भने- ‘हामी शनिवारदेखि नै अर्थ प्रो निःशुल्क बनाउने घोषणा गर्दछौं ।’ अर्थ प्रोले हाइ रेजुलेसन भिडियो बनाउन, थ्रिडी प्रिन्टिङ गर्ने लगायतका बिशेष सेवा उपलब्ध गराउँछ जुन सामान्य भर्सनको गुगल अर्थमा उपलब्ध हुँदैनन् । पछिल्लो समयमा म्यापको क्षेत्रमा अन्य प्रतिस्पर्धीहरुको चुनौती बढिरहेको र अर्थ प्रोले पनि खासै धेरै पैसा कमाउन नसकेको अबस्थामा गुगलले यस्तो प्रिमियम सेवालाई निःशुल्क गर्ने निर्ण्र्गरेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार