टेलिकम ११ औं वार्षिकोत्सव मनाउँदै

२०७१ माघ २२ गते, बिहीबार

काठमाडौं, २२ माघ ।नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकमले आज ११ औं वार्षिकोत्सव मनाउँदैछ । वार्षिकोत्सवको अवसरमा टेलिकमले आफ्नो सेवा अझै गुणतस्तरीय, सर्वसुलभ एवं अत्याधुनिक बनाउने प्रतिबद्धता जनाएको छ ।टेलिकमको ग्राहक संख्या २६ गुणाले बढेको छ । २०६१ मा टेलिकम कम्पनीमा परिणत हँुदा चार लाख ग्राहक रहेकामा ११ वर्षको अवधिमा अहिले एक करोड १७ लाख १५ हजार ग्राहक पुगेका टेलिकमले जनाएको छ । यसमध्ये जिएसएममा ९६ लाख ५७ हजार, सिडिएमएमा १२ लाख ९५ र साधारण टेलिफोन पिएसटिएनमा ६ लाख ५९ हजार ग्राहक छन् । सबै जिल्लामा टेलिफोन, एडिएसएल, जिपिआरएस, पिडिएसएन पुगेको टेलिकमले जनाएको छ ।
वार्षिक २० अर्ब भन्दा बढी राजस्व बुझाउँदै आएको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले कम्पनीले आफ्नो सेवा तथा पहुँचलाई विस्तार गरेसँगै यसको ग्राहक सङ्ख्या बढेको हो । ९५ प्रतिशतभन्दा बढी जनसंख्यामा टेलिफोनको पहुँच पुगेको छ, जसमा टेलिकमले ४५ प्रतिशतभन्दा बढी नेपाली बजारको हिस्सा ओगटेको छ । टेलिकमको बजारमा इन्टरनेट डेटा सेवामा ५८ लाख ३६ भन्दा बढी ग्राहक छ्न, यसमा अधिकांश मोबाइल सेवाका छन् । मोबाइलमा जिपिआरएस र थ्रिजी सेवा छन् ।
टेलिकमका सह–प्रवक्ता डिल्लीराम अधिकारीले टेलिकमले नेपालको इन्टरनेट तथा डेटा सेवाका ग्राहकमध्ये झण्डै ५५ प्रतिशत टेलिकमको हिस्सा रहेको बताउनुभयो । उहाँका अनुसार मोबाइलको थ्रिजी डेटा सेवा ६८ जिल्लामा पुगेकोे छ ।
यसैबीच टेलिकमले आफ्नो सेवाबारे ग्राहकलाई सहजरूपमा जानकारी गराउन नयाँ सेवा ‘मोबाइल एप’ सुरु गरेको जनाएको छ । ग्राहकको गुनासो व्यवस्थापन, महसुलबारे जानकारी गराउनेलगायतका सेवा तथा नयाँ नयाँ अफरबारे सहज रूपमा विस्तृत जानकारी लिन सकिने सह–प्रवक्ता अधिकारीले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार