सुविसु क्यान इन्फोटेक जारी

२०७१ माघ १७ गते, शनिबार

काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महास(क्यान) ले बर्सेनि आयोजना गर्दै आएको क्यान इन्फोटेक तथा सूचना प्रविधि सम्मेलन’ बुधबारदेखि सुरु भएको छ । सूचना प्रविधिको क्षेत्रमा भएका नयाँ प्रविधिको प्रदर्शनी तथा यो क्षेत्रको विकास विस्तार गर्ने उद्देश्यले क्यान महासंघको आयोजनामा राजधानीको भृकुटीमण्डपमा क्यान इन्फोटेक तथा सूचना प्रविधि सम्मेलन’ संचालन भैरहेको छ । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा भइरहेको क्यान इन्फोटेकको २१ औँ संस्करणको सुविसु क्यान इन्फोटेक २०१५ इन एसोसिएसन विथ डेल-इन्टेल बाई नियोटेरिक नेपाल’ नाम रहेको सम्मेलन यही माघ १९ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा मुख्य प्रदर्शनी हलभित्र ४९ र हल बाहिर तीनवटा ब्रान्डिङ पर््रदर्शनी कक्ष रहेका छन् भने ट्रसमा १४४, ओपन स्पेसमा १४ र फुट कक्ष नौ गरी जम्मा २१९ वटा व्यवसायिक स्टल राखिएका छन् । इन्फोटेकमा सहभागी कम्पनीहरूले नयाँ-नयाँ प्रविधिसहितका उत्पादनहरू र्सार्वजनिक गरेका छन् । विशेष गरी इन्टरनेट प्रदायक स्टलहरू, नेपाल टेलिकम, स्मार्टफोन र ट्याब्लेटका स्टलहरू, ल्यापटप कम्प्युटरका स्टलहरू, इर्न्भर्टर तथा ब्याट्रीका स्टलहरू, सफ्टवेयर तथा एन्टिभाइरसका स्टलहरू, फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभीलगायतका स्टलहरू आकर्षाको केन्द्र बनेका छन् । इन्फोटेकमा शिर्षप्रायोजक सुविसु केवलनेटले ९ हजार ९ सय ९९ रूपैंयामा क्लियर टिभीको विशेष अफर र्सार्वजनिक गरेको छ भने नेपाल टेलिकमले उपलब्ध गराएको एकसय रूपैंया ब्यालेन्ससहितको थ्रीजी सिम लिनेहरूको घुँइचो लाग्ने गरेको देखिन्छ । गोल्ड स्पोन्सर समेत रहेको वेभ र्सभरले इन्टरनेटको विभिन्न प्याकेजमा ८ जिवी फ्लास ड्राइभ, ल्यापटप व्याग, जडान खर्च निःशुल्क प्रदान गर्नुका साथै प्रत्येक प्याकेजमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ । भायनेट, सामसुङ मोबाइल र वर्ल्ड लिङ्क लगायतका स्टलहरू पनि भरिभराउ देखिन्छ ।
त्यसैगरी प्रदर्शनीमा स्मार्टफोनका स्टलहरूमा अवलोकनकर्ताहरूको भिड लागेको देखिन्छ । त्यसो त थुप्रै स्मार्टफोन कम्पनीहरूले नयाँ नयाँ मोडेलका फोनहरू विशेष अफरसहित र्सार्वजनिक गरेका छन । सिल्भर स्पोन्सर समेत रहेको कर्लस मोबाइलले ल्याएको विन्डोजफोनले अवलोकनकर्ताहरूलाई आकषिर्त गरको पाइन्छ । यसका साथै कलर्सले एक्स फ्याक्टर एक्स ११३ क्वाड स्मार्टफोन पनि र्सार्वजनिक गरेको छ । हुवावेले र्सार्वजनिक गरेको एसेन्ड मेट ७ गोल्ड, एसेन्ट पी ७ र मेट ७ फोरजीको स्टलमा पनि अवलोकनकर्ताहरूको भिड लागेको छ । बर्ड मोबाइलको लिडर र लिडर प्लस पनि अवलोकनकर्ताको नजरमा पर्यो । किभी मोबाइलले विश्वकै पातलो मोबाइल पर््रदर्शनीमा राखेको छ । इन्फोटेकमा माइक्रोम्याक्सले क्यान्भास २० फोन र्सार्वजनिक गरेको छ । प्रिन्ट स्पोन्सरसमेत रहेको पानासोनिकले पी ६१ मोडेलको फोन र्सार्वजनिक गरेको छ । त्यसैगरी सोनी र भिडियोकनले पनि नयाँ मोडेलका स्मार्टफोनहरू र्सार्वजनिक गरेको छ । प्रदर्शनीमा एन्टीभाइरस, इन्टरनेट सेक्युरिटी, मोबाइल सेक्युरिटी लगायतका स्टलहरू भरिभराउ देखिन्छ । के ७, इ-स्क्यान, क्यास्पेरेस्की लगायतका कम्पनीहरूले एन्टीभाइरस र इन्टरनेट सेक्युरिटीमा २ हजारसम्म छुट उपलब्ध गराएको छ । प्रदर्शनीमा लेनेभो, डेल र एसरका नयाँ प्रविधिजडित ल्याप्टपहरू र्सार्वजनिक भएका छन् । डिजिकमले र्सार्वजनिक गरेको विभिन्न मोडेलका राउटरहरूमा विशेष छुटको व्यवस्था गरेको छ । पर््रदर्शनीमा क्याननका विभिन्न मोडेलका प्राजेक्टरहरूले अवलोकनकर्ताहरूलाई आकषिर्त गरेको देखिन्छ । प्रविधि सम्वन्धी तालिम दिने ट्रेनिर्ङर् इन्स्िटच्युट तथा शैक्षिक संस्थाहरूमा भिड लागेको छ । ल्यापटप, मोबाइल लगायका एसेसोरिजका स्टलहरूले अवलोकनकर्ताहरूको ध्यान खिच्यो । जेनेरेटर, ब्याट्री, सोलार, युपीएस लगायतका स्टलहरू पनि भरिभराउ देखिन्छ । ब्रदर कम्पनीले ल्याएको नयाँ प्रविधिजडित प्रिन्टर, नोट काउन्टिङ मेसिन, फोटोकपी मेशिन पनि अवलोकनकर्ताको नजर परेको देखिन्छ ।
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्टि्रव्युर्टसर्,र् इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिर्ङ्गर् इन्स्टच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायत गरी २१९ वटा स्टल रहेका छन् । माघ १८ गतेलाई विजनेश डेको रूपमा घोषणा गरिएको छ । इन्फोटेक आगामी १९ गतेसम्म संचालन हुने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार