चितवनमा हात्ती दौड र छावाबीच फुटबल भिडन्त

२०७१ पुष १५ गते, मंगलवार

काठमाडौँ । चितवन हात्ती महोत्सव अन्तर्गत हात्ती दौडको फाईनल खेल आज हुँदैछ ।चितवनको सौराहामा जारी हात्ती दौडको उपाधीका लागि ६ वटा हात्तीबीच प्रतिस्पर्धा हुनेछ । उपाधीका लागि व्लु प्लानेट जर्मनको एकताकली, सिनेम्याक्स ट्राभल एण्ड टुर्सको जानकीकली, पोखरा अल्ट्रा लाईटको मारुतीकली, होटल ल्याण्ड मार्कको लक्ष्मीकली ए, बुबो ट्राभलको व्युटीकली र आउट फाईन्ड एडभेन्चरको लक्कीकली प्रतिस्पर्धा हुने आयोजक क्षेत्रीय होटल संघ सौराहाका सचिव दामोदर रेग्मीले जानकारी दिए ।
कुल २० वटा हात्ती सहभागी प्रतियोगिताको पहिलो र दोश्रो चरणबाट विजयी भएका हात्तीहरु फाईनलमा भिड्न लागेका हुन् । त्यस्तै महोत्सव अन्तर्गत हात्तीका छावाहरुबीचको रोमाञ्चकारी फुटवलको उपाधी भिडन्त पनि आजै हुँदैछ ।
उपाधीका लागि प्रभु बैंक र ग्राण्डी हस्पीटल काठमाडौबीच प्रतिस्पर्धा हुने रेग्मीले वताए ।
यसअघि हिजो हात्ती सुन्दरी प्रतियोगिताको उपाधी पिङ्कीकलीले जितेको थियो भने हिजै टाँगा र गाडा दौडको फाईनल खेल भईसकेको छ । यही पुष ११ गतेदखि सुरु भएको महोत्सव आजै सकिने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु