पोखरा महोत्सव पुस ३० देखि

२०७१ पुष ११ गते, शुक्रबार

काठमाडौ । पाँचौ संस्करणको पोखरा महोत्सव यहि पुस ३० देखि हुने भएको छ । “युवाको जांगर,राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ पोखराको अमरसिंह चौरमा यही पुस ३० देखि माघ ८ सम्म आयोजना हुने उक्त महोत्सवको आयोजक युनाइटेड क्लवले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो । शिक्षा, स्वास्थ्य खेलकुद र पोखरामा नयाँ पर्यटकिय गन्तब्य चिडियाखाना निर्माणको अवधारणा स्वरुप अगाडी वढेको क्लवले यस वर्षपनि महोत्सवबाट संकलित आम्दानी मध्ये शिक्षामा २० प्रतिशत, स्वास्थ्यमा, २०, खेलकुदमा २० र चिडियाखाना निर्माणका लागी २० प्रतिशत रकम छुट्याइने भएको छ । ९ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय स्टल रहने आयोजकले जनाएको छ । महोत्सवमा औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामाग्रीको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीको प्रदर्शनी एवं जानकारी,ब्यवशायी संघ संस्थाहरुको सेवा वारेमा जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलको होटलहरुको पूर्ण जानकारी, सामाजिक संघ सस्थाको पहिचान तथा जानकारी, पर्यटकीय गन्तब्यको जानकारी, विभिन्न जातजातीका सांस्कृतिक झांकी प्रतियोगिता रहने प्रचारप्रसार समितिका संयोजक लालकाजी गुरुङले बताए ।
महोत्सवको नेपाल शालिमार सिमेन्टले मुख्य प्रायोजक रहेकोे छ भने जिल्ला विकास समिति कास्की र सिजी हार्डवेयर एण्ड सप्लायर्स विशेष सहयोगी रहने आयोजकले जनाएको छ । उक्त महोत्सव सम्पन्न गर्न ५४ लाख ८९ हजार खर्च लाग्ने भएको छ भने ७४ लाख ६० हजार आम्दानी गर्ने क्लवले लक्ष्य राखेको सचिवालय संयोजक सुकबहादुर गुरुङले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु