भेटिन थाल्यो दुर्लभ रेडपाण्डा

२०७१ मंसिर १६ गते, मंगलवार


काठमाडौं। विश्वमा दुर्लभ प्रजातिका रुपमा चिनिएको रेडपाण्डा ताप्लेजुङ नगरपालिका–६ सुकेटारस्थित सानोपाथीभरा क्षेत्रमै पाइएको छ ।
स्थानीय ज्ञानबहादुर गुरुङले पालेको कुकुरले नजिकैको जंगलबाट लखेट्दै गर्दा रेडपाण्डा फेला परेको हो । रेडपाण्डा जिल्ला वन कार्यालयमा बुझाइएको छ । उक्त वयस्क रेडपाण्डा जिल्ला बन कार्यालय र रेडपाण्डा संरक्षणमा काम गरिरहेको संस्था हिमाली संरक्षण मञ्चको पहलमा फेरि बनमै छाडिएको छ ।
ताप्लेजुङको अधिकांश उच्च स्थानमा पाईने रेडपाण्डा अहिले संरक्षणसम्बन्धि कार्यक्रम र बन जंगलको बृद्धिसँगै सदरमुकाम आसपास पनि पाईन थालेको वन कार्यालयले जनाएको छ ।केहि वर्ष यता ताप्लेजुङको फावाखोला, हाङ्देवा र फुरुम्बु गाविसमा फरक फरक समयमा ६ वटा रेडपाण्डा मृत अबस्थामा फेला परेका थिए । दुर्लभ रेडपाण्डा बढि जसो घरपालुवा कुकुरको शिकार हुने गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु