विश्वकै होचा र अग्ला बीच अनाैठाे भेट

२०७१ कार्तिक २८ गते, शुक्रबार


काठमाडौँ । विश्वकै होचा नेपालका चन्द्रबहादुर डाँगीले विश्वकै होचा मानिससँग भेटेका छन् ।डाँगीले विश्वकै अग्ला प्रमाणित भएका टर्कीका सुल्तान कोसेनसँग भेटेर हात मिलाएका हुन् ।
गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाएका यी दुईबीच बेलायतको लण्डनस्थित सेन्ट थोमस अस्पतालमा भेट भएको हो । उनीहरु गिनिज बुकको ६० औं वर्षगाँठका अवसरमा आयोजिक कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका थिए ।७५ वर्षीय डाँगीको उचाई साढे २१ इन्च र ३१ वर्षीय सुल्तानको उचाई ८ फिट ३ इन्च छ । भेटका अवसरमा उनीहरुले आफूहरु नजिकको साथी बन्ने बताए । सुल्तानले चन्द्रबहादुरलाई टर्की भ्रमणको निम्तो समेत दिएका छन् ।
‘हामी साँच्चै असल मित्र बनेका छौँ’, ‘सुल्तानले भनेका छन्, ‘मलाई विश्वास छ चन्द्रबहादुर टर्की घुम्न आउने छन् ।’ उनले चन्द्रबहादुरलाई भेट्न पाउँदा आफूलाई खुसी लागेको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु