आज अन्तर्राष्ट्रिय विपद् न्यूनीकरण दिवस

२०७१ आश्विन २७ गते, सोमबार


काठमाडौ, २७ असोज। आज अक्टोबर १३ अर्थात् अन्तर्राष्ट्रिय विपद् न्यूनीकरण दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्षको दिवस वृद्धवृद्धामा केन्द्रित गरिएको छ । हरेक वर्ष आजकै दिन अन्तर्राष्ट्रिय विपद् न्यूनीकरण दिवस मनाइन्छ ।संयुक्त राष्ट्र सङ्घको विपद् न्यूनीकरण अन्तर्राष्ट्रिय राणनीतिले सन् २०११ मा बालबालिका तथा युवा व्यक्ति, सन् २०१२ मा महिला तथा बालिका, २०१३ मा अपाङ्गता भएका व्यक्ति र २०१४ मा वृद्धवृद्धालाई केन्द्रित गरेर दिवस मनाउने रणनीति अघि सारेको थियो ।
प्राकृतिक विपदमा परेकालाई मानवीय सहयोग उपलब्ध गराउँदा ज्येष्ठ नागरिकलाई उपेक्षा गर्ने गरेको र विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रम तथा रणनीतिमा समेत उनीहरूको सरोकारमा पर्याप्त ध्यान दिन नसकेको गुनासो छ ।
दिवसको अवसरमा गृह मन्त्रालयले आज ‘ज्येष्ठ नागरिक र विपद्, उत्थानशीलता जीवनका लागि आवश्यकता’ भन्ने मूल नाराका साथ बिभिन्न कार्यक्रम गर्दैछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु