सेतो छडी दिवस मनाइदै

२०७१ आश्विन २६ गते, आईतवार


काठमाडौं, २६ असोज । नेपाल नेत्रहीन संघले अन्तर्राष्ट्रिय सेतो छडी दिवसको अवसरमा आजदेखि सप्ताहव्यापी कार्यक्रम गर्दैछ । प्रभातभेरी, अन्तरक्रिया कार्यक्रम, क्षमता विकास तालिम सहित सेतो छडी वितरण गरिने नेपाल नेत्रहीन संघले जनाएको छ ।
संघका अनुसार आज पहिलो दिन कास्की, तनहुँ, बाग्लुङ र पर्वतमा सेतो छडी वितरण गरिने र क्रमशः अरु जिल्लामा पनि वितरण गरिने छ । संघको तथ्याङ अनुसार अहिले १ लाख दृष्टिविहिनले सेतो छडी प्रयोग गरिरहेका छन् । सेतो छडी प्रयोग गरेपनि दृष्टिविहीनका लागि सहज अवागमन नभएकाले यस वर्षको दिवसमा दृष्टिविहीनको सुरक्षित आवागमनबारे सचेतनामूलक कार्यक्रममा विशेष जोड दिईएको छ ।
सडक वारपार गर्न र सार्वजनिक गाडीमा ओहोरदोहोर गर्न धेरै समस्या भैरहेको दृष्टिविहीनहरुले बताएका छन् । उनीहरुले सहज जीवनयापनका लागि सबै दृष्टिविहीनलाई अभिमुखीकरण तालिमको व्यवस्था गर्न सरकारसंग माग गरेका छन् । अन्तर्राष्ट्रिय सेतो छडी दिवस यहि अक्टोबर १५ तारिखमा विश्वभर मनाईंदै छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु