प्रधानमन्त्री कोइरालालाई जेल हाल्न माग

२०७१ आश्विन २५ गते, शनिबार


प्रधानमन्त्री कोइरालालाई जेल हाल्न माग
काठमाडौं । नेपाल प्रहरीका चार नायब महानिरीक्षकलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न दिइएको परमादेशको आदेश कार्यान्वयन नगरेकामा शुक्रबार सर्वोच्च अदालतमा सरकारविहरूद्ध अपहेलना मुद्दा दर्ता भएको छ ।सर्वोच्च अदालतको एक इजलासले जारी गरेको आदेश कार्यान्वयन नगर्दा आफूहरु न्यायबाट विमुख हुन पुगेको भन्दै प्रहरी नायब महानिरीक्षक यादव अधिकारी, पर्शुराम खत्री, विश्वराजसिंह शाही र सुशीलवरसिंह थापाले प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव र प्रहरी महानिरीक्षकलाई एक वर्षकैद र रू. १० हजारसम्म जरिवाना गर्न माग गर्दै संयुक्त निवेदन दर्ता गराएका छन् ।यही असोज ८ गते न्यायाधीशद्वय दीपकराज जोशी र ओमप्रकाश मिश्रको संयुक्त इजलासले प्रहरी नायब महानिरीक्षक अधिकारी, खत्री, शाही र थापालाई विशेष पद सिर्जना गरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न परमादेशको आदेश जारी गरेको थियो ।शुक्रबार सर्वोच्च अदालतको सो आदेश पुनरावलोकन गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबाट छुट्टाछुट्टै निवेदन दर्ता भइसकेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु