विश्व मानसिक स्वाथ्य दिवस मनाइदै

२०७१ आश्विन २४ गते, शुक्रबार


काठमाडौं, २४ असोज ।आज विश्व मानसिक स्वाथ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाईंन्छ ।
सन् १९९२ देखि अक्टोबर १० तारिखमा दिवस मनाउने गरिएको हो । विश्वमा अहिले मानसिक स्वास्थ्य समस्या बढ्दै गएको संगठनले जनाएको छ । बढ्दो बेरोजगारी, अव्यवस्थित जीवनशैली, असफलता, मानसिक तनाव लगायत समस्याले नेपालमा पनि मानसिक रोगी हरेक वर्ष बढ्दै गएका चिकित्सकले बताएका छन् ।
नेपालमा झण्डै २५ लाख मानिसमा कुनै न कुनै किसिमका मानसिक समस्या भएको पाईएको विश्व स्वाथ्य संगठनले जनाएको छ । मानसिक समस्या खतरनाक हुने भएकाले बेलेमै उपचार गर्न र समस्यामा परेकालाई राम्रो व्यवहार देखाउन चिकित्सकले आग्रह गरेका छन् ।
चिकित्सकले मानसिक समस्याको उपचारमा ध्यान नदिँदा धेरैले ज्यान गुमाउने गरेकाले बेलैमा सचेत हुन समेत सुुझाव दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु