आज कोजाग्रत पूर्णिमा

२०७१ आश्विन २१ गते, मंगलवार


काठमाडौं, २१असोज । आज बडादशैंको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमा । घटस्थापना गरी प्रारम्भ गरिएको बडादसैं आज साँझ घरघरमा महालक्ष्मीको पूजा–आराधाना गरी सकाइँदैछ ।दसैंको टीका कोजाग्रत पूर्णिमादेखि सकिने भएकाले घटस्थापनाका दिन दसैंघर र कोतमा राखिएका जमरा आजै विसर्जन गरिन्छ ।पौराणिक मान्यताअनुसार आजकै दिन महालक्ष्मी बैकुण्ठबाट पृथ्वीमा को जागा छ भनी आउँदा एक किसान दम्पतीका घरमा बाहेक अन्य कतै पनि उज्याले नदेखेकाले तिनै किसान दम्पतीका घरमा बास बसेको र तिनीहरुबाट प्रसन्न भइ धनधान्यले पूर्ण पारिदिएको विश्वास गरिन्छ ।
यसै मान्यतानुसार आज महालक्ष्मीको पूजा–आराधना गरी रातभर जाग्रम बस्ने प्रचलन छ । आजैदेखि कार्तिक शुक्ल पूर्णिमा अर्थात् एक महिनासम्म साँझ घरघरमा बाँसको टुप्पोमा आकाशदीप बाल्ने र आँगनमा तुलसीको मठ सजाएर विष्णुको पूजाअर्चना गर्ने प्रचलन पनि छ ।एक महिनाभर कार्तिकस्नान र तुलसीको पूजा गरिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु